default_image

4 years ago

June 22, 2021

कप्तान पाण्डेभद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

148 views

0 Bookmark

एजेन्सी – नर्थ म्यासेडोनियाका भेट्रान कप्तान गोरान पाण्डेभले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । ३७ वर्षीउय पाण्डेभले युरोपेली च्याम्पियनसिपमा नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् ।

उनको अन्तिम खेलमा दुवै टोलीका खेलाडीसँगै दुवै टोलीमा समर्थकहरुले आफ्नो ठाउँबाट ‘स्ट्यान्डिङ ओभिएसन’ दिएका थिए । उनको कप्तानीमा टोलीले पहिलोपटक युरोपेली च्याम्पियनसिप खेल्दा समूह चरणको तीन खेलमा नै हार बेहोर्दै च्याम्पियनसिपबाट बाहिरिएको छ । उनको अन्तिम खेलमा नर्थ म्यासेडोनिया डच टोलीसाग ३–० ले पराजित हुन पुग्यो ।

नर्थ म्यासेडोनियाले पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले तथा युक्रेनसँग २–१ ले पराजित भएको थियो । टोलीले ठुलो प्रतियोगितामा ८ गोल खादा २ गोल गर्न सफल भयो । कप्तान गोरान पाण्डेभ नर्थ म्यासेडोनियाबाट ठुलो प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी बने । उनले अष्ट्रियाविरुद्ध एक गोल गरेका थिए । उनी युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सर्वाधिक उमेरका दोस्रो भेट्रान खेलाडी बने । उनीभन्दा अघि इभिका भास्टिक रहेका छन् ।

इटालियन सिरी ‘ए’ क्लब जिनोआका फरवार्ड पाण्डेभले ६ जुन २००१ मा विश्वकप छनोटमा टर्कीविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले २००१ देखि २०२१ सम्म अर्थात दुई दशक नर्थ म्यासेडोनियाबाट १२२ खेल खेल्दै ३८ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले गत वर्ष नै सन्न्यास लिने तयारी गरेपनि कोरोनाका कारण युरो एक वर्ष पछि सरेपछि उनको सन्न्यास थाती रहेको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.