default_image

3 years ago

June 22, 2021

उरुग्वे र चिलीको बराबरी

51 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपमा उरुग्वे र चिलीले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको खेलमा चिलीले सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेसँगै १–१ गोलको बराबरी खेलेको हो ।

एरिना पान्टानल कुइउवा माटो ग्रासो ब्राजिलमा मंगलबार बिहान भएको खेलमा चिलीका इडुआर्डाे भार्गासले गोल गर्दा उरुग्वेले आर्टुरो भिडालको आत्मघाती गोल उपहार पाएको थियो ।

प्रतिस्पर्धात्मक खेलको छैटौ मिनेटमा चार्लेस एरानग्वेजले गरेको प्रहारलाई डिफन्डेरले ब्लक गरिदिदा चिली अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा लुइस सुआरेजको पासमा जिओरजियानको डि एरासकेइटाको प्रहारलाई चिलीका गोलरक्षक फर्नान्डो मुस्लेराले विफल पारे । १७औं मिनेटमा चिलीका इरिक पुग्लरको प्रहार सदुपयोग हुन सकेन ।

२५औ मिनेटमा इडुआर्डाे भार्गासको गोलबाट चिलीले अग्रता लियो । उनले बिन बेरेन्टेनको पासमा कठिन एंगलबाट गोल गरेका थिए । २७औं मिनेटमा सुआरेजले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । ३५औं मिनेटमा फेडे भाल्भेर्डेले अवसर खेर फाल्दा उरुग्वे बराबरीबाट चुक्यो । ४४औं मिनेटमा इडिन्सन काभानीको पासमा जियोभानी गोन्जालेजले अवसर खेर फाल्दा उरुग्वेले खेल बराबरी गर्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा उरुग्वेले लगातार दुई आक्रमण बुनेपनि सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा पनि उरुग्वेले आक्रमणलाई निरन्तर जारी राख्यो । ५०औं मिनेटमा काभानीले अवसर खेर फाल्यो । ६५औं मिनेटमा फकुन्डो टोरेस र लगत्तै माटिएस भिसिनोदे अवसर खेर फाल्दा सोही मुभमा आर्टुरो भिडालले आत्मघाती गोल गरेपनि उरुग्वेले खेललाई १–१ गोलको बराबरीमा ल्याए । लुइस सुआरेजको प्रहार भिडालाई लाग्दै गोलमा परिणत भएको थियो ।

७१औं मिनेटमा फकुन्डो टोरेस चुक्दा उरुग्वेले अग्रता लिन सकेन । ७३औं मिनेटमा डिएगो गोडिनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ७७औं मिनेटमा जिन मेनेसेस र ७८औं मिनेटमा लुसियानो एरिगाडाले अवसर खेर फाल्दा चिलीले अग्रता लिन सकेन ।

यो बराबरीपछि चिली ३ खेलबाट ५ अंक जोडेर समूह ‘ए’ मा दोस्रो स्थानमा रहँदा पहिलो अंक जोडेको उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । अर्जेन्टिना शीर्षस्थानमा रहँदा पाराग्वे तेस्रो स्थानमा रहँदा अंकविहीन बोलिभिया पुछारमा छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.