default_image

4 years ago

June 22, 2021

इंग्ल्यान्ड र चेकबीच समूह विजेता बन्न प्रतिस्पर्धा

177 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिपको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा मंगलबार चेक गणतन्त्रको सामना गर्नेछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

दुवै टोलीले समूह चरण पार गरिसकेकाले यो खेलको नतिजाले नै समूह विजेताको निर्धारण गर्नेछ । सोही कारण दुवै टोलीको जितको लागि मैदान उत्रनेछन् । दुवै टोलीमा शीर्षताको होड रहनेछ । दुवै टिमले समान एक जित र बराबरीको नतिजा निकालेका छन् ।

यो होडमा इंग्ल्यान्डको तुलनामा चेक गोलअन्तरका आधारमा केही माथि रहेको छ । बराबरीको नतिजाले चेक नै समूह विजेता बन्नेछ । भनौ टोलीका लागि एक अंक नै समूह विजेताका रूपमा नकआउट पुग्न पर्याप्त हुनेछ । चेकले प्रतियोगितामा अहिलेसम्म गरेका तीन गोलमध्ये सबै प्याट्रिक सिकको नाममा छ । उनी नै इंग्ल्यान्डविरुद्ध मुख्य हतियार हुनेछन् ।

लयमा रहेका सिकलाई रोक्नु इंग्ल्यान्डका लागि चुनौती हुनसक्छ । यस्तै जाकुव जान्कटो, भ्लादिमिर दारिदा, लुकास मासोपुस्ट, थोमस होलेस, थोमस सौसेक, भ्लादिमिर कोउफल, ओन्ड्रेज सेलुस्टका, थोमस कालस र गोलरक्षक थोमस भक्लिक टोलीमा रहेका छन् ।

नकआउट चरणमा स्थान बनाइसकेको इंग्ल्यान्ड लयमा रहेको चेकलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । चेकसँगको बराबरी या हारले पनि इंग्ल्यान्डलाई केही फरक पार्नेछैन । जितले पहिलो, बराबरीले समूहमा दोस्रो र हारले तेस्रो भएर अघि बढ्ने छ । छिमेकी स्कटल्यान्डविरुद्धको पछिल्लो खेलमा बराबरी खेलेको इंग्ल्यान्ड घरमै भइरहेको आफ्नो अन्तिम लिग चरणको खेलमा राम्रो नतिजा निकल्दै अघि बढ्ने लक्ष्यमा हुनेछ ।

इंग्ल्यान्डले फिनिसिङ गर्न सकिरहेको छैन । टोलीसँग कप्तान ह्यारी केन, मार्कुस रासफोर्ड, जेडान सान्चो, ज्याक ग्रेयालिस, जोर्डन हेन्डरसन, डिक्लन रिस, ह्यारी मगाएर, जोन स्टोन्स, केएल वाल्कर, लुका सा र गोलरक्षक जोर्डन पिकफोर्ड रहेका छन् । यस्तै रहिम स्टर्लिङ, फिल फोडेन, बुकायो साका, डोमिनिक काल्भर्ट लेविन, जुड बेलिङ्घम, केल्भिन फिलिप्स, रिस जेम्स र काइरन ट्रिपिएर पनि टोलीमा रहेका छन् ।

मेसन माउन्ट र बेन चिल्वेल भने खेलका लागि उपलब्ध छैनन् । स्कटल्यान्डविरुद्ध खेलपछि बिली गिल्मरसँग नजिकको सम्पर्कमा आएका कारण दुवै आइसोलेसनमा छन् । गिल्मरलाई कोरोना संक्रमण देखिएसँगै उनी १० दिनका लागि आइसोलेसनमा छन् । गिल्मर इंग्ल्यान्डविरुद्ध स्टार अफ द म्याच भएका थिए ।

यि दुई टोलीको पछिल्लो दुई भेटमा दुवै टोलीमा समान एक खेल जितेका छन् । चेकले पछिल्लोपटक २०१९ मा युरो छनोटमा इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । त्यसअघि २०१९ मै इंग्ल्यान्डले ५–० को सानदार जित निकालेको थियो । जसमा रहिम स्टर्लिङले ह्याट्रिक पुरा गरेका थिए । स्टर्लिङलाई चेकविरुद्ध पुनः नायक हुने अवसर छ ।

यो पनि : फ्रान्स र इंग्ल्यान्डसहित ५ टोली नकआउट चरणमा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.