default_image

3 years ago

June 23, 2021

रामोसमाथि हाजार्डको विश्वास

एजेन्सी – बेल्जियम र रियल म्याड्रिडका इडन हाजार्डले पूर्व सहकर्मी सर्जियो रामोसको प्रशंसा गर्दै अझै केहि वर्ष उनले माथिल्लो स्तरमा फुटबल खेल्ने विश्वास व्यक्त गरेका छन् । हाजार्ड र रामोसले सन् २०१९ देखि दुर्य वर्ष रियलमा सँगै खेलेका थिए । रियलका पूर्व कप्तान रामोससँग खेल्दा कति आनन्द हुन्थ्यो भन्ने विषयमा पनि हाजार्डले बताएका छन् । […]

48 views

0 Bookmark

एजेन्सी – बेल्जियम र रियल म्याड्रिडका इडन हाजार्डले पूर्व सहकर्मी सर्जियो रामोसको प्रशंसा गर्दै अझै केहि वर्ष उनले माथिल्लो स्तरमा फुटबल खेल्ने विश्वास व्यक्त गरेका छन् ।

हाजार्ड र रामोसले सन् २०१९ देखि दुर्य वर्ष रियलमा सँगै खेलेका थिए । रियलका पूर्व कप्तान रामोससँग खेल्दा कति आनन्द हुन्थ्यो भन्ने विषयमा पनि हाजार्डले बताएका छन् । ‘म उनलाई शुभकामना दिन चाहन्छु’, युरो कपमा फिनल्यान्डसँगको खेल अघि हाजार्डले भनेका थिए, ‘उनीसँग खेल्दा मलाई आनन्द महसुस हुन्थ्यो । हामीले दुई वर्षसँगै खेल्यौं । उनी नेता हुन् ।’

हाजार्डका अनुसार माथिल्लो स्तरमा व्यसायिक फुटबल खेलेका रामोस अहिले टुंगने क्रममा नरहेको बताएका छन् । ‘उनले अझ धेरै गोल गर्न बाँकी छ । फुटबल इतिहासका उनी उत्कृष्ट रक्षक मध्येका एक हुन्’, उनले भने, ‘मलाई विश्वास छ उनले आफ्नो खेल जीवनलाई अझै अघि बढाउने छुन् ।’

चेल्सीबाट रियल पुगेयता चोटका कारण उनी लामो समय मैदान बाहिर रहे । हाजार्डले गोलीगाँठाको अवस्था पुरानै अवस्थामा छ वा छैन आफूलाई थाहा नभएको बताए । ‘मलाई आफ्नो स्तरमा कहिल्यै शंका थिएन । मलाई थाहा छ मैदानमा के गर्न सक्छु भन्ने’, उनले अन्त्य गरे, ‘दश वर्ष अघि जस्तै गोलीगाँठाको अवस्था उस्तै छ छैन मलाई थाहा छैन । जीवन यहि हो ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.