default_image

4 years ago

June 22, 2021

क्रोएसिया र स्कटल्यान्ड भिड्दै

152 views

0 Bookmark

एजेन्सी – विश्व उपविजेता क्रोएसियाले युरोपेली च्याम्पियनसिपको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा मंगलबार राति स्कटल्यान्डसँग खेल्दैछ । हाम्डेन पार्क ग्लास्कोमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

यो समूहबाट चेक र इंग्ल्यान्डले नकआउट चरणको यात्रा तय गर्दा क्रोएसिया र स्कटल्यान्डको गणितीय रूपमा दोस्रो स्थानको सम्भावना कायम छ । दुवै टोलीको लक्ष्य जित हासिल गर्दै समूहमा कम्तिमा तेस्रो स्थानमा आउने रहनेछ । तर दुवै टिमले च्याम्पियनसिपमा अहिलेसम्म अपेक्षित लय समात्न सकेका छैनन् र गोलकै लागि संघर्ष गरिरहेका छन् ।

क्रोएसियाले लिग चरणको पहिलो खेलमा इंग्ल्यान्डलाई १–० ले नतिजा सुम्पदा दोस्रो खेलमा लयमा रहेको चेकलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो । अर्काेतर्फ पहिलो खेलमा चेकसँग २–० हार भोगेको स्कटल्यान्डले दोस्रो खेलमा छिमेकी राष्ट्र इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो ।

हालसम्मको सम्मको नतिजामा क्रोएसिया झिनो अन्तरले स्कटल्यान्डभन्दा माथि छ । टोलीले पछिल्लो खेलमा चेकविरुद्ध १–१ को बराबरी खेलेको थियो । अर्कोतर्फ इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको स्कटल्यान्ड यही नतिजाका कारण उत्साहित भएर खेल्नेछ ।

क्रोएसियासँगको पाँच खेलमा अपराजित स्कटल्यान्ड सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । क्रोएसिया भने स्कटल्यान्डसँगको अपराजित यात्रामा पुर्णविराम लगाउने लक्ष्यमा हुनेछ । जित हासिल गर्ने टोलीको अन्तिम १६ को यात्रा पक्का हुनेछ ।

पछिल्लोपटक यि दुई टोलीले २०१३ मा विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए । जसमा स्कटल्यान्डले १–० र २–० को जित निकालेको थियो । त्यसअघिको तीन खेल बराबरीमा सकिएको थियो । त्यसपछि क्रोएसियाले टोलीमा उल्लेख्य सुधार गर्दै २०१८ मा विश्वकपमा उपविजेता बन्न सफल हुदा स्कटल्यान्डको खेल खस्कदै गएको थियो ।

क्रोएसियासँग नाम चलेका खेलाडीको साथ रहेपनि यो युरोमा उनीहरुको प्रदर्शन बिर्सनलायक छ । कप्तान लुका मोड्रिच, एन्टी रेविच, एन्ड्रेज क्रामारिच, मारियो पासालिस, इभान पेरिसिस, माटियो कोभासिस र डोमागोज भिडा टोलीमा रहेका छन् ।

यस्तै स्कटल्यान्डसँग एन्ड्रिउ रोबर्टसन, चे एडाम्स, लेन्डन डेकेस, जोन म्याक्जिन, स्कट म्याकटोमिने र मार्सल लगायतको खेलाडी छ । कोरोना संक्रमणका कारण युवा मिडफिल्डर बिल्ली गिल्मर टोलीमा हुनेछैनन् । यि दुई टोलीको समान १ अंक छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.