default_image

3 years ago

June 23, 2021

क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया समूह उपविजेताको हैसियतले अन्तिम १६ मा प्रवेश गरेको छ । निकोला भ्लासिचको गोलमा क्रोएसियाले १७ औं मिनेटमा स्कटल्यान्डविरुद्ध अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको क्रसलाई इभान पेरिसिचले भ्लासिचको पथमा पठाएपछि उनले गोल गरेका थिए । तर क्यालम मक्ग्रेगरले गोल […]

148 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया समूह उपविजेताको हैसियतले अन्तिम १६ मा प्रवेश गरेको छ ।

निकोला भ्लासिचको गोलमा क्रोएसियाले १७ औं मिनेटमा स्कटल्यान्डविरुद्ध अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको क्रसलाई इभान पेरिसिचले भ्लासिचको पथमा पठाएपछि उनले गोल गरेका थिए । तर क्यालम मक्ग्रेगरले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले पहिलो हाफको ४२ औं मिनेटमा गरेको शक्तिशाली प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाउन सकेनन् ।

कप्तान लुका मोड्रीचले ६२ औं मिनेटमा दर्शनीय गोल गरेपछि क्रोएसिया पुन: अघि बढेको थियो । मोड्रीचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट आउटसाइड फुटले गरेको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् ।

७७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियाको जित पक्का गरे । उनले मोड्रीचको कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई २ गोलले अघि राखेका थिए । अन्तिम समयमा स्कटल्यान्डले खेलमा फर्कने संकेत देखाएपनि क्रोएसियाले अग्रता जोगाउन सफल रहयो ।

यस जितले क्रोएसिया चेक रिपब्लिकलाई पछि पार्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । चेक इंग्ल्यान्डसँग १-० ले पराजित भएपछि क्रोएसियालाई फाइदा पुगेको हो । समान ४-४ अंकका साथ गोलअन्तर बराबर भएपछि बढी गोल गरेको आधारमा क्रोएसिया अघि बढेको हो । यस समूहमा इंग्ल्यान्ड ३ खेलमा ७ अंकसाथ शीर्ष तथा १ अंक जोडेको स्कटल्यान्ड पुछारमा रहयो ।

यो पनि : चेकलाई हराउँदै इंग्ल्यान्ड समूह विजेता

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.