default_image

4 years ago

June 23, 2021

महारथी मोड्रीच

238 views

0 Bookmark

लुका मोड्रीच उमेरले ३५ वर्षका भए । राष्ट्रिय टोलीबाट खेल्न थालेको डेढ दशक भइसकेका उनले विश्व फुटबलमा आफूलाई सिद्ध पार्न सायदै केहि बाँकी होला । क्लब स्तरमा रियल म्याड्रिडबाट प्रचुर सफलता हासिल गरेका मिडफिल्डर क्रोएसियालाई आधुनिक फुटबलमा बेग्लै चिनारी दिने प्रयासमा छन् ।

मंगलबार युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा यिनै मोड्रीच क्रोएसियाका लागि निर्णायक बने । मिडफिल्डमा रहेर टोलीको खेललाई मोड्ने यिनले मंगलबार नतिजा नै मोडे । दोस्रो हाफमा बराबरीमा चलिरहेको खेलमा उनकै दर्शनीय गोलमा क्रोएसियाले अग्रता लियो । त्यसपछि उनकै कर्नरमा इभान पेरिसिचले गोल गर्दै अन्तिम १६ मा टोलीको स्थान पक्का गरे ।

मोड्रीचले गरेको गोलको महत्त्व क्रोएसियाले राम्रोसँग बुझेको छ । त्यो गोल नहुँदो हो त क्रोएसिया समूह चरणबाट नै घर फर्किएको हुन्थ्यो । जसरि रसियामा भएको विश्वकपमा मोड्रीचले टोलीलाई फाइनलसम्म पुर्याए, युरोमा पनि उनले त्यस्तै लय देखाएका छन् । त्यस वर्ष ब्यालोन डी’ओर जितेका मोड्रीच अहिले पनि उस्तै लयमा छन् ।

रियल म्याड्रिडले ३५ वर्षीय मिडफिल्डरलाई एक वर्षको सम्झौता नविकरण गर्नुले पनि उनी कस्तो खेलिरहेका छन् भन्ने स्पष्ट पार्छ । रियल त्यहि क्लब हो जसले १६ वर्ष क्लब बिताएका र पछिल्लो पाँच वर्ष टोलीका कप्तान रहेका सर्जियो रामोसलाई भने त्यो विकल्प पनि दिएन ।

मोड्रीचका लागि स्कटल्यान्ड तयार थियो । तर उनले जुन किसिमको गोल गरे, स्कटल्यान्डका गोलरक्षक डेविड मार्शल निरिह बने । उनले मोड्रीचको प्रहारमा डाइभ त दिएका थिए । तर मोड्रीचले आउटसाइड फुटले गरेको प्रहारको शक्ति र दिशा यति सटिक थियो, मार्शल उक्त गोलका लागि नजिकका दर्शक मात्र बने ।

मोड्रीचको नाममा क्रोएसियाको फुटबल इतिहास पल्टाउने हो भने धेरै अध्याय लेखिनेछन् । करिअरको अन्त्यतिर आउंदै गर्दा पाना अझ थपिने क्रममा छन् । मार्चमा क्रोएसियाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका मिडफिल्डरले हालसम्म १ सय ४१ खेल खेलेका छन् । युरोमा गोल गर्दै उनी क्रोएसियाका लागि सर्वाधिक कान्छा थिए, र मंगलबार सबैभन्दा बढी उमेरका गोल गर्ने खेलाडी पनि बने ।

सन् २०१८ विश्वकप पछि मारियो मान्जुकिच, ड्यानीएल सुबासिच र इभान राकिटिचले सन्न्यासको घोषणा गरे । क्रोएसियाको एक युगको नै पूर्णविराम थियो यो । यी तीनै खेलाडी मोड्रीचभन्दा कम उमेरका छन् । मोड्रीच भने अझैपनि देशको लागि योगदान दिन सक्नेमा विश्वस्त थिए, र त्यसै अनुसार खेलिरहेका पनि छन् ।

स्कटल्यान्डविरुद्ध मोड्रीचले आफू अझै किन मैदानमा छु भन्ने प्रष्ट पारे । उनले खेल अवधिभर १ सय १५ पटक बल छोए, अन्य खेलाडीभन्दा १६ पटक बढी । उनले दिएको ९८ पासमध्य दुई तिहाइ पास विपक्षी हाफमा थियो । स्कटल्यान्डका कप्तान एन्डी रोबर्टसनले खेलपछि भने, ‘मोड्रीचले पूरा खेल चलाए र सानदार गोल गरे – हामी त्यसैले पछि पर्यौं ।’

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.