4 years ago
June 23, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणमा आज (बुधबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘ई’ मा स्लोभाकिया र स्पेन तथा स्वीडेन र पोल्यान्डबीच खेल हुनेछ । दुवै खेल एकै समयमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । यो समूहबाट स्वीडेनले एक खेल बाँकी छदै नकआउट चरणको यात्रा तय गर्दा बाँकी तीन टोलीको पनि अन्तिम १६ मा पुग्ने सम्भावना जीवित छ ।
टोली फेरि एकपल्ट कुनै ठूलो प्रतियोगिताको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । यस्तो सम्भावना टार्न पोल्यान्डले स्वीडेनविरुद्ध जित निकाल्नुपर्नेछ । क्लब फुटबलमा लगातार गोल गरिरहेका कप्तान रोबर्ट लेवान्डोस्कीबाट पोल्यान्डले ठुलै आशा राखेको छ । तर, बलियो रक्षापङ्ति रहेको स्विडेनविरुद्ध लेवान्डोस्कीलाई सजिलो हुनेछैन ।

यता, समूह चरण पार गरिसकेको स्वीडेन पोल्यान्डलाई हराउँदै शीर्षमा रहेर अघि बढ्ने दाउमा हुनेछ । स्वीडेनले स्पेनसँग गोलरहित खेल्दा स्लोभाकियालाई १–० ले हराएको हो । फेरि बराबरीले पनि टोलीलाई पहिलो स्थान दिलाउन सक्छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]