4 years ago
June 24, 2021
एजेन्सी – कोपा अमेरिका कपको समूह चरणको खेलमा बिहीबार बिहान दुई खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘बी’ को शीर्षस्थानमा रहेको ब्राजिलले दोस्रो स्थानको कोलोम्बियासँग खेल्दैछ ।

ब्राजिल र कोलोम्बियाबीचको खेल रियो दि जेनेरियोस्थित निल्टन सान्तोष स्टेडियममा नेपाली समयअनुसार बिहीबार बिहान ५:४५ बजे हुनेछ । त्यसअघि २:४५ बजे यही समूहको अर्काे खेलमा इक्वेडर र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।
क्वाटरफाइनलमा स्थान बनाइसकेको ब्राजिल समूहमा लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । दुई खेलमा एक गोल पनि नखाएको ब्राजिलले विपक्षी टोलीविरुद्ध ७ गोल गरिसकेको छ । पछिल्लो ८ खेलमा अपराजित रहेको ब्राजिल कोलोम्बियालाई हराउँदै अपराजित यात्राललाई लम्ब्याउने दाउमा हुनेछ ।
कोलोम्बियाविरुद्ध लयमा रहेको स्टार फरवार्ड नेयमार नै मुख्य हतियार हुनेछन् । उनले दुई खेलमा दुई गोल गरिसकेका छन् । यस्तै टोलीसँग गाब्रियल जेसस, रिचार्लीसन, रोबर्टाे फिर्मिनो, गाब्रियल बार्बाेसा, क्यासमिरो, एभर्टन रिवेइरो, फ्रेड, डुगलस लुइज, इडर मिलिसाओ, मार्किन्हस, थियागो सिल्भा, डानिलो, एलेक्स सान्द्रो र गोलरक्षकमा एलिसन बेकर र इडर्सन मोराएस रहेका छन् ।
यता, कोलोम्बिया घरेलु टोली ब्राजिलाई हराउँदै समूहमा शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । तीन खेल खेलेको कोलोम्बियाको ४ अंक छ । पछिल्लो खेलमा कोलम्विया पेरुसँग २–१ ले स्तब्ध बनेको थियो । टोलीसँग यारी मिना, जुआन कोर्डाडो, जोन मेडिना, डाभिन्सन साञ्चेज, लुइस डियाज, लुइस मुरेइल र गोलरक्षक तथा कप्तान डेभिन ओस्पिना रहेका छन् ।
यि दुई टोलीबीचको पछिल्लो ८ भेटमा बौजिल ४ खेलमा विजयी भएको छ । ३ खेल बराबरीमा सकिँदा १ खेल कोलोम्बियाले जितेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]