default_image

4 years ago

June 23, 2021

स्पेन र स्वीडेनलाई अग्रता

197 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को अन्तिम खेलमा स्पेन र स्वीडेनले पहिलो हाफमा अग्रता लिँदै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो पारेका छन् ।

स्पेनले स्लोभाकियाविरुद्ध गोलरक्षक मार्टिन डुब्राभ्काको आत्मघाती गोलमा सुरुवाती अग्रता बनाउँदै २-० को अग्रता बनाएको छ । खेलको १२ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न नसक्दा खेल गोलरहित नै रहेको थियो । मोराटाले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक डुब्राभ्काले विफल पारेका थिए ।

पेनाल्टी विफल पार्दै नायक बनेका डुब्राभ्का ३० औं मिनेटमा भने खलनायक बने । डिफेन्सले मिसपास गरेको बलमा पाब्लो सराबियाले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । उक्त रिबाउन्डलाई बाहिर पठाउने प्रयासमा डुब्राभ्काले सिधै पोस्टभित्र बल प्रहार गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा स्पेनले अग्रता दोब्बर पार्यो । डिफेन्डर एमेरिक लापोर्टले गोल गर्दै स्पेनलाई २-० ले अघि बढाएका थिए । स्लोभाकियाको डिफेन्सले कर्नरमा राम्रो क्लिअरेन्स गर्न नसक्दा जेरार्ड मोरेनोले दिएको क्रसलाई लापोर्टले हेडरमार्फत गोल गरेका थिए ।

यता स्वीडेनले भने पोल्यान्डविरुद्ध खेलमा १-० को अग्रता लिएको हो । खेलको दोस्रो मिनेटमा नै एमिल फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । एलेक्जेन्डर इसाकलाई पेनाल्टी क्षेत्रबाहिर रोक्ने प्रयासमा डिफेन्डर असफल भएपछि फुत्किएको बलमा फोर्सबर्गले गोल गरेका थिए ।

१७ औं मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीले केहि सेकेन्डको अन्तरमा नै लगातार पोस्टमा प्रहार गर्दा पोल्यान्ड खेल बराबर गर्नबाट चुक्यो । पिटर जिलेन्सकीको क्रसमा लेवान्डोस्कीको पहिलो हेडर क्रसबारमा लागेर फर्किएको थियो । उनले तुरुन्त उक्त बललाई दोस्रो प्रहार गर्दा पनि बार नै बाधक बन्दा पोल्यान्ड खेलमा फर्कन सकेन ।

यसै नतिजा कायम रहे स्वीडेन समूह विजेता र स्पेन उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गर्नेछन् । स्लोभाकिया र पोल्यान्डलाई भने अर्को चरणमा पुग्न नतिजा उल्टाउनु पर्नेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.