default_image

3 years ago

June 24, 2021

रामोसलाई पिएसजीको प्रस्ताव

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोससँग छलफल अघि बढाएको सञ्चारमाध्यमले उल्लेख गरेको छ । रामोसले यसै महिना रियलसँगको १६ वर्षे यात्रा टुंगाएका थिए । नयाँ सम्झौताका लागि दुई पक्षबीच सहमति हुन नसकेपछि रामोसले क्लब छाड्ने निर्णय लिएका थिए । थुप्रै क्लबले भेट्रान रक्षकलाई भित्राउन चाहेका छन् । त्यसमा […]

39 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोससँग छलफल अघि बढाएको सञ्चारमाध्यमले उल्लेख गरेको छ । रामोसले यसै महिना रियलसँगको १६ वर्षे यात्रा टुंगाएका थिए ।

नयाँ सम्झौताका लागि दुई पक्षबीच सहमति हुन नसकेपछि रामोसले क्लब छाड्ने निर्णय लिएका थिए । थुप्रै क्लबले भेट्रान रक्षकलाई भित्राउन चाहेका छन् । त्यसमा पिएसजी भने अन्य क्लब भन्दा रामोससँग सम्पर्क गर्ने सवालमा अगाडि रहेको छ ।

पिएसजीले रामोससामु प्रारम्भिक प्रस्ताव राखेको छ । दुई पक्षबीच धेरै पटक संवाद भएपनि अझै टुंगो भने लागिसकेको छैन । यरोपका थुप्रै क्लबले देखाएपनि रामोस आफू भने रियलमै रहन चाहन्थे । रियल उनलाई १ वर्षको सम्झौता गर्न तयार हुँदा उनले भने दुई वर्षको सम्झौता गर्न चाहेका थिए । पछि रामोसले आफैं १ वर्षका लागि नविकरण गर्ने बताउँदा क्लबले त्यो प्रस्ताव फिर्ता लिइसकेको जनाएको थियो ।

चोट कारण गत सिजन धेरै समय मैदान बाहिर रहेका रामोस यसपटक स्पेनको युरो टोलीमा पर्न सकेनन् । उनको चाहना च्याम्पियन्स लिग खेल्ने टोलीमा आबद्ध हुने रहेको बताइन्छ । म्यानचेस्टर युनाइटेड, चेल्सी र म्यानचेष्टर सिटी पनि रामोसमाथि चासो राखेका छन् । एसी मिलान, रोमा, युभेन्ट्स र इन्टरले पनि रामोसलाई भित्राउन चाहेको बताएको छ । यद्दपी पिएसजी रामोसका लागि उपयुक्त टोली देखिएको छ ।

आफ्नो विदाईमा रियलले राखेको पत्रकार सम्मेलनमा रामोसले अरु क्लबका विषयमा कहिल्यै नसोचेको बताएका थिए । ‘जतिबेला म छलफलका लागि उपलब्ध भए । त्यति बेला केहि फोन आएका थिए । तर मैले रियल छाड्ने विषयमा सोचेको थिइनँ’, उनले भने,’अब भने राम्रो विकल्पका बारेमा सोच्नुपर्नेछ ।’

अर्को ला लिगा टोली सेभिल्लाका बारेमा पनि पत्रकार सम्मेलनमा प्रश्न उठेको थियो । ‘सेभिल्ला अर्को क्लब हो जो मेरो मुटुमा बसेको छ । मैले त्यहाँ राम्रो समय बिताएको थिएँ’, रामोसले भनेका थिए, ‘तर अहिलेको समयमा केहि अघि बढेको छैन र दुवै आफ्नो स्थानमा ठिक छौं । बार्सिलोनामा भने जाने सम्भावना छैन । बार्सिलोनाको जर्सीमा तपाईले सर्जियो रामोसलाई कहिल्यै देख्नुहुनेछैन ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.