4 years ago
June 24, 2021
एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानलाई बराबरी गरेका छन् ।

युरोपेली च्याम्पियनसिप अन्तरगत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका हुन् । उनले फ्रान्सविरुद्ध दुवै गोल पेनाल्टीमा गर्दै टोलीलाई २-२ को बराबरीसम्म पुर्याएका थिए ।
रोनाल्डोले यसै युरोमा ३ खेल खेल्दै ५ गोल गरेपछि दाईको कीर्तिमानलाई भेट्टाउन सफल भएका हुन् । उनले १७८ क्यापमा दाईको कीर्तिमान भेट्टाएका हुन् । अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै यो कीर्तिमान राखेका थिए ।
अब रोनाल्डोले दाईले राखेको कीर्तिमानलाई यसै युरोमा भंग गर्दै आफ्नो नाममा लेखाउने सम्भावना छ । फ्रान्ससँगको खेलमा २–२ गोलको बराबरीपछि पोर्चुगल ग्रुफ अफ डेथ मानिएको समूहबाट उत्कृष्ट तेस्रो टोलीको रुपमा प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यस्तै रोनाल्डो समूह चरणको तीन खेलमा नै गोल गर्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् । उनले हंगेरीविरुद्ध दुई र जर्मनीविरुद्ध एक गोल गरेका थिए ।
उनी जारी युरोमा सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनले ५ गोल गरेका छन् । उनीभन्दा पछि जर्जिन्हो वाइनाल्डम, रोबर्ट लेवान्डोस्की, रोमेलु लुकाकु, इमिल फोर्सवर्ग र प्याट्रिक सिकले समान ३ गोल गरेका छन् ।
यो पनि : युरो कप : अन्तिम १६ मा को-को भिड्दै? (नेपाली समयअनुसार)
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]