default_image

3 years ago

June 25, 2021

पहिलो जितसँगै उरुग्वे क्वाटरफाइनलमा

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत समूह ए को खेलमा बोलिभियालाई पराजित गर्दै उरुग्वेले पहिलो जितसहित क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा आत्मघाती गोलले अघि बढेको उरुग्वेका लागि दोस्रो हाफमा एडिन्सन काभानीले गोल गरेपछि टोलीले २-० को जित दर्ता गरेको हो । यस जितसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे नकआउट चरणमा पुगेको […]

43 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत समूह ए को खेलमा बोलिभियालाई पराजित गर्दै उरुग्वेले पहिलो जितसहित क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

पहिलो हाफमा आत्मघाती गोलले अघि बढेको उरुग्वेका लागि दोस्रो हाफमा एडिन्सन काभानीले गोल गरेपछि टोलीले २-० को जित दर्ता गरेको हो । यस जितसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे नकआउट चरणमा पुगेको छ ।

पहिलो हाफको ५ मिनेट बाँकी रहँदा बोलिभियाका जाइरो क्विनटेरोस र कार्लोस लाम्पेबीच समझदारी हुन नसक्दा लाम्पेले आत्मघाती गोल गर्न पुगेका थिए । उरुग्वेले एकपछि अर्को आक्रमण बुनेपनि बोलिभियाको डिफेन्सले बलियो प्रदर्शन गरेको थियो ।

७९ औं मिनेटमा काभानीले गोल गर्दै जित पक्का गरेका थिए । फाकुन्डो टोरेसको क्रसलाई गोलमा परिणत गर्दै काभानीले उरुग्वेलाई जारी कोपा अमेरिकामा पहिलो जित दिलाएका थिए ।

उरुग्वेले ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि अर्जेन्टिनासँग १-० ले पराजित उरुग्वेले चिलीलाई १-१ को बराबरीमा रोकेको थियो । बोलिभिया भने लगातार तेस्रो हारसँगै अंक तालिकाको पुछारमा नै रहेको छ । यसै समूहको अर्को खेलमा आज चिली र पाराग्वे खेल्दैछन् ।

समूहमा शीर्ष स्थानको अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । चिलीको ३ खेलमा ५ अंक छ भने पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ ।

यो पनि : अवे गोलको नियम हटाइने

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.