4 years ago
June 25, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समापन भएका छन् । सहभागी २४ टोलीमध्य १६ टोली अर्को चरण प्रवेश गर्दा ८ टोलीको यात्रा समाप्त भइसकेको छ ।

अपेक्षा गरेअनुसार नै यसपटक युरोमा ठूला टोली सबैले अन्तिम १६ मा स्थान बनाएका छन् । अधिकांश स्टार खेलाडीबाट पनि सोचेजस्तो प्रदर्शन नै भएको छ । इटाली र नेदरल्यान्ड्सले शत प्रतिशत जितको नतिजा निकाल्दै अन्तिम १६ मा स्थान बनाए । बेल्जियम र फ्रान्सले पनि आफ्ना समर्थकलाई खुसी बनाएका छन् ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ५ खेलाडी यसप्रकार छन् :
डेन्जेल डम्फ्राइज (डिफेन्डर, नेदरल्यान्ड्स) :

डच राइट ब्याक डेन्जेल डम्फ्राइज सम्भवत यो प्रतियोगिताबाट उदाएका स्टारमध्य पर्छन् । डच क्लब पीएसभीका लागि खेल्दै आएका उनले डिफेन्समा मात्र नभएर आक्रमणमा पनि उत्तिकै प्रभाव छोडेका छन् । विपक्षी डिफेन्सलाई दबाबमा राख्दै उनले आफैं दुई गोल समेत गरेका छन् ।
जिओर्जिनिओ वाइनाल्डम (मिडफिल्डर, नेदरल्यान्ड्स) :

युरो सुरु भएपछि नै लिभरपुलबाट फ्रान्सेली क्लब पिएसजी पुगेका वाइनाल्डमले प्रभावशाली प्रदर्शन गरेका छन् । मैदानको सबै भागमा पुगेर खेल्ने उनले प्रतियोगितामा ३ गोल गरिसकेका छन् । आक्रमण र डिफेन्सबीच समन्वयकारी भूमिकामा उनी उत्कृष्ट देखिएका छन् ।
म्यानुएल लोकाटेली (मिडफिल्डर, इटाली)

इटालीको मिडफिल्डमा खेल्दै आएका लोकाटेलीले सन्तुलन कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरेका छन् । स्विट्जरल्यान्डविरुद्ध २ गोल गर्दै टोलीलाई २-० को जित दिलाएका उनको भूमिका भने रक्षात्मक बढी छ । विपक्षी आक्रमणलाई निस्तेज पारेर आफ्नो आक्रमणलाई चलायमान बनाउने जिम्मेवारीमा उनी खरो उत्रिएका छन् ।
क्रिस्टियानो रोनाल्डो (फरवार्ड, पोर्चुगल)

रोनाल्डोबाट पोर्चुगलले यस प्रतियोगितामा गोलको आशा गरेको थियो, र उनी त्यसमा उत्कृष्ट सावित भएका छन् । ३ खेलमा ५ गोल गर्दै उनले टोलीलाई ग्रुप अफ डेथबाट नकआउट चरणमा पुर्याए । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबर गरेका उनले आक्रमणमा अन्य खेलाडीलाई पनि राम्रो साथ दिएका छन् ।
रोमेलु लुकाकु (फरवार्ड, बेल्जियम)

रसियाविरुद्ध २ गोल गर्दै सुखद सुरुवात गरेका लुकाकुले आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन् । गोल्डेन बुटको दावेदारीमा रोनाल्डोभन्दा पछि रहेपनि उनले आफ्नो खेलले भने बेल्जियमलाई निकै सहयोग पुर्याएका छन् । आक्रमक मुभमा सामेल हुँदै उनले टोलीलाई गोल गर्न पनि अवसर सिर्जना गरेका छन् ।
यो पनि : युरो कप : अन्तिम १६ मा को-को भिड्दै? (नेपाली समयअनुसार)
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]