default_image

3 years ago

June 26, 2021

अमेरिकी युवा मिडफिल्डर क्लार्क लाइप्जिगमा अनुबन्धित

एजेन्सी – अमेरिकी युवा मिडफिल्डर काडेन क्लार्क जर्मन बुन्डेसलिगा क्लब आरबी लाइप्जिगमा अनुबन्धित भएका छन् । लाइप्जिगले १८ वर्षीय युवा मिडफिल्डर क्लार्कलाई अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब न्युयोर्क रेडबुल्सबाट अनुबन्ध गरेको हो । इप्जिगले अट्याकिङ मिडफिल्डर क्लार्कलाई तीन वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी सन् २०२४ सम्म लाइप्जिगमा रहनेछ । क्याटलान […]

65 views

0 Bookmark

एजेन्सी – अमेरिकी युवा मिडफिल्डर काडेन क्लार्क जर्मन बुन्डेसलिगा क्लब आरबी लाइप्जिगमा अनुबन्धित भएका छन् । लाइप्जिगले १८ वर्षीय युवा मिडफिल्डर क्लार्कलाई अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब न्युयोर्क रेडबुल्सबाट अनुबन्ध गरेको हो ।

इप्जिगले अट्याकिङ मिडफिल्डर क्लार्कलाई तीन वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी सन् २०२४ सम्म लाइप्जिगमा रहनेछ । क्याटलान क्लब बार्सिलोनाको एकेडेमीमा हुर्किएका उनी १६ वर्षको उमेरमा सन् २०२० मा एमएसएल क्लब न्युयोर्कमा अनुबन्धित भएका थिए ।

उनीसँग लाइप्जिगले सम्झौता गरेपनि उनी एमएलएसको जारी सिजनको अन्त्यसम्म न्युयोर्कबाटै खेल्नेछन् । उनले सन् २०२० मा न्युयोर्कको दोस्रो श्रेणीबाट युएसएल च्याम्पियनसिप खेल्दा १२ खेलमा ३ गोल गरेका थिए ।

यो सिजन उनले १२ खेलमा ६ गोल गरेका छन् । नयाँ सिजनमा उनले ४ खेलमा ३ गोल गरिसकेका छन् । उनी एमएलएसमा डेब्युमै गोल गर्ने पाँचौ युवा खेलाडी हुन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.