default_image

3 years ago

June 25, 2021

एमबाप्पे फ्रान्सको ओलम्पिक टोलीबाट बाहिर!

एजेन्सी – सुपरस्टार युवा फरवार्ड केलियन एमबाप्पेलाई बाहिर राख्दै फ्रान्सले टोकियो २०२० ओलम्पिकका लागि बलियो टोली घोषणा गरेको छ । प्रशिक्षक सिल्भेन रिपोलले शुक्रबार १८ सदस्यीय टोलीको घोषणा गर्दा २२ वर्षीय एमबाप्पे टोलीमा पर्न असफल भएका हुन् । उमेर हदबन्दीका बाबजुद एमबाप्पे ओलम्पिक खेल्न योग्य रहेपनि उनी टोलीमा अटाउन सकेनन् । उनले पछिल्लो महिना ओलम्पिक खेल्ने चाहना […]

126 views

0 Bookmark

एजेन्सी – सुपरस्टार युवा फरवार्ड केलियन एमबाप्पेलाई बाहिर राख्दै फ्रान्सले टोकियो २०२० ओलम्पिकका लागि बलियो टोली घोषणा गरेको छ । प्रशिक्षक सिल्भेन रिपोलले शुक्रबार १८ सदस्यीय टोलीको घोषणा गर्दा २२ वर्षीय एमबाप्पे टोलीमा पर्न असफल भएका हुन् ।

उमेर हदबन्दीका बाबजुद एमबाप्पे ओलम्पिक खेल्न योग्य रहेपनि उनी टोलीमा अटाउन सकेनन् । उनले पछिल्लो महिना ओलम्पिक खेल्ने चाहना समेत राखेका थिए । एमबाप्पे अहिले युरोपेली च्याम्पियनसिपमा व्यस्त छन् । फ्रान्स जर्मनी, पोर्चुगल र हंगेरी सम्मिलित ग्रुप अफ डेथको समूह विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ । फ्रान्सले प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग २८ जुनको राति खेल्दैछ ।

फ्रान्सको १८ सदस्यीय टोलीमा इडुआर्डाे कामाभिंगा, मालाङ सार र विलियम सालिवा समेटिएका छन् । यस्तै भेट्रान फरवार्ड आन्द्र पिएरे जिनाक र न्युकासल युनाइटेडबाट खेलिसकेका विंगर फ्लोरिएन थाउभिन पनि टोलीमा समेटिएका छन् । दुवै हाल मेक्सिकन क्लब टिग्रेसबाट व्यावसायिक फुटबल खेल्दैछन् ।

२० वर्षीय सेन्टर ब्याक सालिवा २०१९ मा २७ मिलियन पाउन्डमा इंग्लिस क्लब आर्सनलमा पुगेपनि उनले त्यहाँ हालसम्म डेब्युको अवसर पाएका छैनन् । उनले गत सिजन फ्रान्सेली लिग सेन्ट इटिएन र निसबाट लोनमा खेले । उनी प्रि–सिजनमा लन्डन क्लबमा जोडिनेछन् ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोनाका कारण एक वर्ष सरेपछि गत वर्ष २३ पुगेकालाई टोलीमा समेट्न पाउने नियम बनाएको छ । ओलम्पिकमा साधारणतय २३ वर्षमुनिका खेलाडी टोली रहने गरेका छन् । यसमा तीन खेलाडी बढी उमेरका राख्न पाउने प्रावधान रहेको छ ।

फ्रान्सको टोलीमा आन्द्रे पिएरे जिनाक, फ्लोरिएन थाउभिन र तेजी साभानिएर बढी उमेरका खेलाडी रहनेछन् । थाउभिन फ्रान्सले २०१८ को विश्वकप जित्दा टोलीको सदस्य रहेका थिए । जिनाकले फ्रान्सको सिनियर टोलीबाट ३६ क्याप जितिसकेका छन् । यस्तै अर्का खेलाडी थाउभिनले फ्रान्सबाट १० क्याप जितेका छन् । फ्रान्सेली क्लब रेनेसका कामाभिंगामाथि फ्रान्सले यसपटक ठुलो विश्वास लिएको छ ।

फ्रान्स दोस्रोपटक ओलम्पिकको स्वर्ण जित्ने लक्ष्यमा हुनेछ । फ्रान्सले १९८४ मा ब्राजिललाई हराएर स्वर्ण जितेको थियो । गत संस्करणमा ब्राजिलले जर्मनीलाई हराएर पहिलोपटक ओलम्पिकमा स्वर्ण जित्न सफल भएको थियो ।

ओलम्पिकको पुरुषतर्फको फुटबलमा १६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समुहमा विभाजन गरिएको छ । समूह ‘ए’ फ्रान्ससँगै जापान, दक्षिण अफ्रिका र मेक्सिको रहेका छन् । ओलम्पिकको स्वर्णपदकको खेल ७ अगस्टमा योकोहामामा हुनेछ ।

समूह ‘बी’ मा न्युजिल्यान्ड, दक्षिण कोरिया, होन्डुरस र रोमानिया रहेका छन् ।समुह ‘सी’ मा इजिप्ट, स्पेन, अर्जेन्टिना र अष्ट्रेलिया तथा समूह ‘डी’ मा ब्राजिल। जर्मनी, आइभोरी कोस्ट र साउदी अरेबिया रहेका छन् । ओलम्पिक अन्तर्गत फुटबल २१ जुलाईदेखि ७ अगस्टसम्म हुनेछ ।

फान्सको टोली

गोलरक्षक – पउल बर्नारडोनी (एन्जर्स) र गोउटिएर लार्सननिएर (ब्रेस्ट)

डिफेन्डर – बेनोइट बाडियसिल (मोनाको), एन्थोनी कासी (स्टार्सवर्ग) पिएरे कालुलु (एसी मिलान), क्लेमेन्ट मिचेलिन (लेन्स), विलियन सालिवा (आर्सनल) र मालाङ सार (चेल्सी)

मिडफिल्डर – इडुआर्डाे कामाभिंगा (रेनेस), म्याक्सिन काकुरेट (लियोन), जोनाथन कोन (लिल), तेजी साभानिएर (मोन्टपेलिएर), फ्लोरिएन थाउभिन (टाइग्रेस) र लुकास टोउसार्ट (हर्था बर्लिन)

फरवार्ड – आन्द्रे पिएरे जिनाक (टाइग्रेस), एमिन गुइरी, (निस), रान्डल कोलो मुएनी (नान्टेस) र अर्नाेउ नोरदिन (सेन्ट इटिएन)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.