4 years ago
June 27, 2021
एजेन्सी – युरोपका ११ शहरमा जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिपमा १ सय गोलको आँकडा पुरा भएको छ । प्रि–क्वाटरफाइनलमा इटालीका म्याटियो पेस्सिनाले अष्ट्रियाविरुद्ध अतिरिक्त समयमा गोल गरेपछि युरोमा १ सय गोलको आँकडा पुरा भएको हो ।

सब्सिच्युट पेस्सिना ६७औं मिनेटमा निकोलो बरेल्लाको स्थानमा मैदान प्रवेश गरेका थिए । युरोको ३८औं खेलमा सय गोल पुरा भएको हो । समूह चरणको ३६ खेलमा ९४ गोल निस्किएको थियो । अष्ट्रियाका सासा कालाज्डिचले इटालीविरुद्ध एक गोल गर्दा युरोमा गोलसङ्ख्या १ सय १ पुगेको छ । उक्त खेलमा इटालीले २–१ को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
युरोमा पहिलो गोल टर्कीका मेरिह डेमिरलले इटालीविरुद्धको उद्घाटन खेलमा गोल गरेका थिए । बराबरीतर्फ रहेको खेलमा उनकै गोलबाट इटालीले अग्रता लिएको थियो । उक्त खेल इटालीले ३–० ले सहजै जितेको थियो ।

युरोमा १ सय गोल पार हुदै ह्याट्रिक निस्कन सकेको छैन । एक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि ह्याट्रिक निस्कन सकेको छैन । बेल्जियमका रोमेलु लुकाकु, चेकका प्याट्रिक सिक, इटालीका म्यानुयल लोकाटेली, स्वीट्जरल्यान्डका जद्रान शाकिरी, नेदरल्यान्ड्सका जर्जिन्हो वाइनाल्डम, स्वीडेनका इमिल फोर्सवर्ग, पोल्यान्डका रोबर्ट लेवान्डोस्की, फ्रान्सका करिम बेन्जेमा र डेनमार्कका कास्पर डोल्सवर्गले एकै खेलमा समान दुई गोल गरेका छन् ।
युरोमा पोर्चुगल र जर्मनीबीच सबैभन्दा धेरै ६ गोल भएको छ । उक्त खेलमा जर्मनीले ४–२ को जित निकालेको थियो । यस्तै युरोमा स्पेनले स्लोभाकियामाथि निकालेको ५–० जित सबैभन्दा फराकिलो जित हो । युरोको समूह चरणमा ८ खेल बराबरीमा टुंगिदा २८ खेलमा जित र हारको नतिजा निस्किएको थियो ।
युरोमा पोर्चुगिज कप्तान रोनाल्डो ५ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनलाई जर्जिन्हो वाइनाल्डम, रोबर्ट लेवान्डोस्की, रोमेलु लुकाकु, इमिल फोर्सवर्ग र प्याट्रिक सिकले समान ३ गोलसहित पछ्याइरहेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]