4 years ago
June 27, 2021
एजेन्सी – फिफाको शीर्ष वरियता र स्वर्णिम पुस्ताको रुपमा चिनिने बेल्जियमले आइतबार प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगल र लयमा रहेको क्रिस्टियानो रोनाल्डोको सामना गर्दैछ ।

आइतबार रातिको बेल्जियम र पोर्चुगलबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने पक्का छ । बेल्जियम र पोर्चुगलबीचको खेल स्पेनको सेभियामा नेपालीसमयअनुसार राति १२:४५ बजे हुनेछ । विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जिया साविक विजेता पोर्चुगलको चुनौती पन्छाउँदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । पोर्चुगललाई हराउन बेल्जियमलाई त्यति सहज हुनेछैन ।
पछिल्लो पाँच खेलको नतिजाले पनि प्रस्ट पार्दछ । पछिल्लो पाँच खेलमा बेल्जियमले पोर्चुगललाई हराउन सकेको छैन । जसमा दुई बराबरी र तीन हारको नतिजा छ । पछिल्लोपटक यि दुई टोलीले सन् २०१८ मा मैत्रीपुर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
बेल्जियमका लागि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको लय टाउको दुखाई बन्न सक्छ । पोर्चुगलले समूह चरणमा ७ गोल गर्दा ५ गोल उनकै नाममा छ । बेल्जियम रोनाल्डो र पोर्चुगलको लयलाई रोक्दै पछिल्लो पाँच खेलमा नपाएको जित निकाल्ने लक्ष्यमा हुनेछ । केभिन डि ब्रुएनको आगमनले बेल्जियम झन बलियो देखिएको छ ।

आक्रमणमा रोमेलु लुकाकु रहँदा कप्तान इडेन हाजार्ड, जेरेमी डोकु, ड्रिएस मेर्टिन्स, युरी टिलेमान्स, थोर्गन हाजार्ड, यान्निक कारास्को, एक्सेल विस्टेल, थोमस म्युनिएर र गोलक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । यसबाहेक थोमस भर्मालेन, टोवी एल्डरवेइरेल्ड र क्रिस्टियन बेन्टेके पनि टोलीमा रहेका छन् ।
बेल्जियमले समूह ‘बी’ शतप्रतिशत जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । यसक्रममा बेल्जियमले रसियालाई ३–०, डेनमार्कलाई २–१ ले तथा फिनल्यान्डलाई २–० ले पराजित गरेको थियो । बेल्जियमको ७ मध्ये ३ गोल लुकाकुले गरेका छन् ।
यता, ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको पोर्चुगल बलियो बेल्जियमको चुनौती पन्छाउने लक्ष्यमा मैदान उत्रने छ । कप्तान रोनाल्डोको लयमा टोलीले संगठित प्रदर्शन गरिरहेका कारण पोर्चुगले बेल्जियमलाई हराउन सक्ने क्षमता राख्दछ ।
पोर्चुगलले समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३–० ले पराजित गर्दा दोस्रो खेलमा जर्मनीसँग ४–२ को हार बेहोरेको थियो । अन्तिम खेलमा विश्वविजेता फ्रान्सलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको थियो । यो समूह ‘एफ’ बाट फ्रान्स समूह विजेता र जर्मनी उपविजेताको रुपमा अघि बढेको थियो ।

बेल्जियमसँग पछिल्लो पाँच खेलमा अपराजित रहेको पोर्चुगल सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । बेल्जियमविरुद्ध रोनाल्डो नै केन्द्रविन्दुमा रहनेछ । इरानका अली दाईको १०९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमानलाई फ्रान्सविरुद्धको खेलमा २ गोल गर्दै भेट्टाएका रोनाल्डोले बेल्जियमविरुद्ध एक गोल गर्न सके सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् ।
उनले यसै युरोमा थुप्रै कीर्तिमान बनाएका छन् । पाँच संस्करणको युरो खेल्ने र गोल गर्न खेलाडी बनेका उनी युरोकै सर्वाधिक र युरो र विश्वकपको पनि सर्वाधिक गोलकर्ता बनेका छन् । टोलीसँग कप्तान रोनाल्डोसँगै डिएगो जोटा, रेनाटो सान्चेज, बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेस, जोओ मौटिन्हो, डानिलो पेरेइरा, राफयल गुरेइरो, रुवेन डियास, पेपे र गोलरक्षक रुई प्याट्रिसियो टोलीमा रहँदा चोटका कारण नेल्सन सेमेडोले खेल्ने सम्भावना न्युन छ ।
यसबाहेक टोलीसँग जोओ फेलिक्स, आन्द्रे सिल्भा, विलियम कार्भाल्हो, जोओ पाल्हिन्हा, रुवेन नेभेस, डिएगो डालोट र सर्जियो ओलिभेरा टोलीमा रहेका छन् । यि दुई टोलीबीचको १८ भिडन्तमा पोर्चुगल ६ खेलमा विजयी भएको छ । ५ खेल बेल्जियमले आफ्नो पक्षमा पार्दा ७ खेल बराबरीमा सकिएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]