default_image

4 years ago

June 27, 2021

अपराजित नेदरल्यान्ड्सलाई चेकको चुनौती

140 views

0 Bookmark

एजेन्सी – समूह चरणमा शतप्रतिशत जित पाएको नेदरल्यान्ड्सले प्रि–क्वाटरफाइनलमा चेक गणतन्त्रको सामना गर्दैछ । नेदरल्यान्ड्स र चेकबीचको खेल पुस्कास एरिना बुडापेस्ट हंगेरीमा आइतबार राति ९ः४५ बजे हुनेछ ।

समूहमा युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनियाको चुनौती पन्छाएको समूह ‘सी’ को विजेता नेदरल्यान्ड्सले चेकविरुद्ध मैदान उत्रदा डच टोली सचेत भएर मैदान उत्रनेछ । किनभने सन् २०१६ मा डच टोली युरोमा छनोट हुन नसक्दा चेकले दुवै खेलमा डच टोलीलाई २–१ र ३–२ ले पराजित गरेको थियो । त्यसयता यि दुई टोली पहिलोपटक भिड्न लागेका हुन् ।

पछिल्लो ७ खेलमा अपराजित रहेको डच टोली उक्त हारको बदला लिने लक्ष्यमा समेत हुनेछ । प्रशिक्षक फ्रान्क डि बोएरले चेकविरुद्ध रणनीति बनाउनेछन् । तीन खेलमा दुई गोल र दुई असिस्ट दिइसकेका यसै सिजनमा बार्सिलोनामा अनुबन्ध भएका फरवार्ड मेम्फिस डिपाए टोलीको लागि हतियार हुनेछन् ।

यस्तै यसै युरोमा उदाएका राइट ब्याक डेन्जेल डाम्फ्राइज, कप्तान जर्जिन्हो वाइनाल्डम, मार्टिन डि रुन, प्याट्रिक भान आनहल्ट, डोनियल मालेन, डेली ब्लिन्ड, स्टेफन डि भ्राए, म्याथियस डि लिग्ट र गोलरक्षक मार्टिन स्टेकेलनबर्ग पनि टोलीमा रहेका छन् ।

यस्तै टोलीमा वाउट वेगह्रुस्ट, फ्रान्की डि जोङ, क्विन्सी प्रोमिस र नाथन एके पनि टोलीमा छन् । उनीहरुले जुनसुकै बेल पनि खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछ । समूह ‘सी’ बाट समूह विजेताको रुपमा अघि बढेको नेदरल्यान्ड्सले युक्रेनलाई ३–२, अष्ट्रियालाई २–० ले तथा नर्थ म्यासेडोनियालाई ३–० ले पराजित गरेको थियो । यो समूहबाट अष्ट्रिया समूह उपविजेता बन्दा युक्रेन उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको थियो ।

यता, समूहमा उत्कृष्ट सुरुवातको बावजुत उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको चेक लयमा रहेको डट टोलीलाई स्तब्ध पार्दै अघिल्लो चरणमा पुग्ने लक्ष्यमा हुनेछ । चेक पछिल्लो दुई खेलमा पाएको जितलाई निरन्तरता दिने लक्ष्यमा नै मैदान उत्रनेछ ।

टोलीसँग प्याट्रिक सिक, जाकुव जान्कटो, भ्लाादिमिर दारिदा, लुकास मासोपुस्ट, थोमस होलेस, थोमस सौसेक, टोमस कालस, भ्लालिमिर साउफल र गोलरक्षक थोमस भाच्लिक रहेका छन् ।

समूह ‘डी’ बाट उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको चेकले पहिलो खेलमा स्कटल्यान्डलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी तथा अन्तिम खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित भएको थियो । यो समूहबाट इंग्ल्यान्ड समूह विजेता तथा क्रोएसिया उपविजेताको रुपमा अघि बढेको थियो ।

यि दुई टोलीको पछिल्लो ११ खेलको नतिजा चेक ५ खेलमा विजयी भएको छ । पछिल्लोपटक २०१५ अक्टोवरमा युरो छनोटमा चेकले ३–२ को जित निकालेको थियो । त्यसअघि पनि चेकले २–१ को जित पाएको थियो । यि दुई टोली २०१५ पछि पहिलोपटक खेल्न लागेको हो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.