default_image

4 years ago

June 28, 2021

‘मेरो गल्तीले टिम हार्यो’ – डी लिग्ट

206 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टस तथा नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीका डिफेन्डर म्याथिस डी लिग्टले आफ्नै कारणले गर्दा नेदरल्यान्ड्स युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ मा चेक रिपब्लिकसँग पराजित भएको बताएका छन् ।

डी लिग्टले खेलको ५५ औं मिनेटमा रातो कार्ड खाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । उनले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए । उनले पेनाल्टी क्षेत्र बाहिर लडेपछि सिकलाई बलसम्म पुग्न नदिने प्रयास गर्दा हातले बल रोकेका थिए ।

खेलको पहिलो हाफमा केहि अवसर सिर्जना गरेको नेदरल्यान्ड्सले खेलमा पोसेसन राख्दै दबाब पनि बनाएको थियो । तर डी लिग्टले रातो कार्ड खाएपछि चेकले दबाब बनाएको थियो । चेकका लागि टोमस होलेसले ६८ औं मिनेट र प्याट्रिक सिकले ८० औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।

खेलपछि बोल्दै डी लिग्टले आफ्नो गल्तीका कारण टोलीले हार बेहोरेको बताए । ‘पक्कैपनि निकै नराम्रो लागेको छ । हामीले खेल हार्नुको मुख्य कारण नै मैले गरेको गल्ति हो । अहिले फर्केर हेर्दा मैले त्यो बललाई बाउन्स हुन नै नदिनुपर्ने थियो जस्तो लाग्छ,’ उनले भने ।

पहिलो हाफमा अवसर सिर्जना गरेको बताउँदै उनले रातो कार्डले नै खेल बदलिएको बताए । ‘मलाई लाग्छ खेल हाम्रो नियन्त्रणमा नै थियो । हामीले पहिलो हाफमा केहि अवसर पनि सिर्जना गरेका थियौं । मलाई लाग्दैन उनीहरुले त्यस्तो राम्रो अवसरहरु बनाएका थिए । तर रेड कार्डले खेलको रुप नै बदलियो,’ उनले थपे ।

यो पनि : नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक क्वाटरफाइनलमा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.