default_image

4 years ago

June 28, 2021

स्पेनसामु क्रोएसियाको परिक्षा

164 views

0 Bookmark

एजेन्सी – विश्वकपको उपविजेता क्रोएसियाले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ अन्तर्गत सोमबार तीन पटकको युरो च्याम्पियन स्पेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

स्पेनले पछिल्लो तीन मुख्य प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गर्न सकेको छैन । सन् २०१६ को युरोमा स्पेनलाई इटालीले राउन्ड अफ १६ मा पराजित गरेको थियो । यस्तै क्रोएसिया भने त्यसबेला राउन्ड अफ १६ मै पोर्चुगलसँग हारेको थियो । दुवै टोलीले यसपटक समूह चरणमा १-१ जित दर्ता गरेका छन् ।

स्पेनले समूहको अन्तिम खेलमा स्लोभाकियामाथि ५-० को फराकिलो जित दर्ता गरेको थियो । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले स्पेनविरुद्ध टोलीले आफ्नो स्तरअनुसार खेल्न जरुरि रहेको बताएका छन् । क्रोएसियाले सुरुवाती दुई खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेपनि अन्तिम खेलमा स्कटल्यान्डमाथि जित हासिल गरेको थियो ।

‘स्पेनले स्लोभाकियाविरुद्ध आफ्नो स्तर अनुसारको प्रदर्शन गर्यो । स्पेनमा युवा, तेज र जोशिला खेलाडी छन् । उनीहरुले पासमा निर्भर रहेर निरन्तर विपक्षीलाई दबाबमा राख्न सक्छन्,’ प्रशिक्षक डालिचले भने, ‘हाम्रो पनि आफ्नो खेल्ने शैली छ । उनीहरुलाई सहज रुपमा खेल्न दिने छैनौं । हामीले यो पनि बुझ्न जरुरि छ कि आक्रमण पनि डिफेन्स गर्ने एक माध्यम हो ।’

स्पेनका फरवार्ड ड्यानी ओल्मोले ५ वर्ष क्रोएसियाको डिनामो जाग्रेबबाट खेलेका थिए । उनले क्रोएसियालाई कमजोर आँक्न नमिल्ने बताए । ‘जुन खेलमा पनि क्रोएसियाको टोली निकै कडा चुनौती पेस गर्छ । उनीहरु आफ्नो देशका लागि सबैथोक दिन तयार हुन्छन्,’ उनले थपे, ‘उनीहरु आफ्नो सफलतामा गर्व गर्छन् । कठिन परिस्थितिमा खरो उत्रने क्षमता उनीहरुमा छ । आजको खेल जसले पनि जित्न सक्छ ।’

क्रोएसियाका लागि यस खेलमा अनुभवी फरवार्ड इभान पेरिसिच टोलीमा हुने छैनन् । कोरोना संक्रमणका कारण उनी आसोलेसनमा छन् । उनको अनुपस्थितिमा क्रोएसियाले आन्द्रे क्रमारिच र आन्टे रेबिचलाई आक्रमणको जिम्मेवारी सुम्पने देखिन्छ । निकोला भ्लासिच, लुका मोड्रीच, म्याटियो कोभाचिच मिडफिल्डमा हुनेछन् ।

स्पेनले कप्तान सर्जियो बुस्केट्सको साथ नियमित पाउनेछ । अघिल्लो खेलमा उच्च प्रदर्शन गरेका पाब्लो सराबियाले आफ्नो स्थान राख्ने पक्का जस्तै छ । अल्भारो मोराटाले अपेक्षित प्रदर्शन गर्न नसक्दा उनको स्थानमा जेरार्ड मोरेनोले खेल्ने सम्भावना पनि छ । मिडफिल्डमा अर्को खेलाडी थप्न एन्रिकेले मुख्य फरवार्डमा मोरेनोलाई खेलाउन सक्छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.