4 years ago
June 28, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा सोमबार विश्व विजेता फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार सोमबार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सका लागि आजको खेलमा दुवै लेफ्ट ब्याकले चोट बोक्नु टाउको दुखाइ बन्न सक्छ । पोर्चुगलविरुद्ध खेलमा लुकास हर्नान्डेज घाइते भएपछि उनको स्थानमा आएका लुकास डिग्न पनि बाहिरिन पुगेका थिए । आजको खेलमा फ्रान्सले फरक रणनीतिमा खेल्ने अपेक्षा गरिएको छ । ५-३-२ को पद्दति मा उत्रँदा फ्रान्सले बेन्जामिन पाभार्ड र एड्रिएन राबीओटलाई विंगब्याकको रुपमा प्रयोग गर्न सक्छ ।
विश्व फुटबलमा पहिलो पटक खेलाडी र प्रशिक्षकको रुपमा नै विश्वकप र युरो जित्ने प्रयासमा रहेका प्रशिक्षक डेस्च्याम्प्स स्विट्जरल्यान्डलाई कमजोर आँक्न नहुनेमा सचेत छन् । उनले फ्रान्सले उच्च प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन् ।
‘हामीले स्विट्जरल्यान्डलाई सहज रुपमा लिनु हुँदैन । यो नकआउट खेल हो र हामीले सक्दो सबै गर्नुपर्छ । खेलको अन्त्यमा हाम्रो अनुहारमा मुस्कान राख्न हामीले मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘स्विट्जरल्यान्ड राम्रो टोली हो र आक्रमणमा सेफेरिभिच, एम्बोलो र शकिरी क्षमतावन छन् ।’

फ्रान्सलाई पछिल्लो समय चोटले निकै सताएको छ । ओस्मान डेम्बेले प्रतियोगिताबाट बाहिरिंदा मार्कस थुराम र थोमस लेमार पनि चोटसँग जुधिरहेका छन् । डिग्न र हर्नान्डेज खेलमा अनुपस्थित रहने सम्भावना छ । राबिओट शत प्रतिशत फिट नभएपनि टोलीको आवश्यकता पूर्ति गर्न खेल्नेछन् ।
स्विट्जरल्यान्डले ६७ वर्षयता कुनै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाउन सकेको छैन । टर्कीविरुद्ध जितले टोलीको मनोबल उच्च रहेको छ । शाकिरीले दुई गोल गरेको खेलमा टोलीको आक्रमण निकै सन्तुलित देखिएको थियो । मिडफिल्डमा पनि ग्रानिट झाका र स्टिभन जुबरले बलियो प्रदर्शन गरेका थिए ।
स्विट्जरल्यान्डका प्रशिक्षक भ्लादिमिर पेक्टोभिचले आफ्नो बलियो पक्षको भरपुर फाइदा उठाउनु पर्नेमा जोड दिएका थिए । ‘पछिल्लो दुई वर्षमा हामीले ठूला टोलीविरुद्ध राम्रो नतिजा निकालेका छौं । हामीले आफ्नो बलियो पक्षलाई जोड दिनुपर्छ । फ्रान्सजस्तो बलियो टोलीविरुद्ध शत प्रतिशत मिहिनेत पनि पर्याप्त नहुन सक्छ । विपक्षीको गल्तीमा हामीले फाइदा उठाउन सक्नुपर्छ,’ उनले थपे ।
यस खेलको विजेताले क्वाटरफाइनलमा स्पेन र क्रोएसियाको विजेतासँग खेल्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]