default_image

3 years ago

June 29, 2021

मेस्सी र बार्सिलोनाको सम्झौता केहि घण्टा बाँकी

एजेन्सी – वर्ष, महिना, हप्ता, दिन हुँदै अब लिओनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिन अब केहि समय मात्र बाँकी रहेको छ । अबको केहि घण्टामा मेस्सीले बार्सिलोनासँगको सम्झौता नविकरण गरेनन् भने जुलाई १ बाट क्याम्प नोउमा उनको यात्रा टुंगिने सम्भावना बढ्नेछ । यदि त्यो अवस्था नआउनका लागि जुन ३० सम्म मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौता अनिवार्य हुनेछ […]

61 views

0 Bookmark

एजेन्सी – वर्ष, महिना, हप्ता, दिन हुँदै अब लिओनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिन अब केहि समय मात्र बाँकी रहेको छ । अबको केहि घण्टामा मेस्सीले बार्सिलोनासँगको सम्झौता नविकरण गरेनन् भने जुलाई १ बाट क्याम्प नोउमा उनको यात्रा टुंगिने सम्भावना बढ्नेछ । यदि त्यो अवस्था नआउनका लागि जुन ३० सम्म मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौता अनिवार्य हुनेछ ।

जुन ३० को मध्यरातबाट मेस्सी फ्रि एजेन्टमा हुनेछन् र उनी जुनसुकै क्लबसँग सम्झौता गर्न उपलब्ध हुनेछन् । त्यो अवस्थामा काटलान क्लबले कुनै मुल्य प्राप्त गर्ने छैन । त्यो अवस्था नआउनका लागि क्लबका अध्यक्ष जोन लापोर्टा लगातार काम गरिरहेका छन् । बार्सिलोनाका पदाधिकारी र समर्थकका लागि आउने केहि दिन अन्त्यन्तै महत्वपूर्ण हुनेछ ।

लापोर्टा मेस्सीको नविकरण विशेष दिन पारेर घोषणा गर्न चाहन्थे । जुन २४ जुन दिन मेस्सीको जन्म दिन थियो । तर त्यो दिन सम्भव भएन । अब लापोर्टाको दिमागमा अर्को मिति जुन २९ रहेको छ । त्यो लापोर्टाको आफ्नै जन्म दिन हो । त्यो दिन विशेष उपहारका रुपमा उनी मेस्सीसँगको सम्झौता नविकरण गर्न चाहन्छन् । यदि त्यो सम्भव भयो भने बार्सिलोनामा ठूलो खुसियाली पक्कै हुनेछ ।

अहिलेको सम्झौता सकिन २४ घण्टा भन्दा कम समय बाँकी रहँदा बार्सिलोनाको चिन्ता बढ्नु स्वभाविक हो । बार्सिलोना एक मिनेट पनि उनलाई सम्झौता विहिन बनाउन पक्कै चाहँदैन । मेस्सी २० वर्ष भन्दा लामो समयदेखि बार्सिलोनाको हिस्सा रहँदै आएका छन् । सन् २००२ को डिसेम्बरमा उनी क्लबमा पुगेका थिए । त्यसैले पनि टोली जुन ३० अघि नै नविकरण गर्न आतुर छ ।

मैस्सी अहिले अर्जेन्टिनो टोलीको कप्तानी गर्दै ब्राजिलमा जारी कोपा अमेरिकामा भाग लिइरहेका छन् । उनीमाथि फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चासो राखिएको छ । तर बार्सिलोना भने उनीसँग २ वर्षको सम्झौता नविकरण हुनेमा आशावादी छ । नयाँ सम्झौता भएको अवस्थामा ३६ वर्षको उमेर सम्म उनी क्याम्प नोउमा हुनेछन् ।

पछिल्लो केहि वर्षयता मेस्सी र क्लबकाबीचमा सम्बन्ध एकनासको रहन सकेन । उनी गत सिजन उनले क्लब छाड्नका लागि पत्र समेत लेखेका थिए । तत्कालिन अध्यक्ष जोसेप मारिया बोर्टेमोउको बर्हिगमनसँग क्लबका उनको निरन्तरता रहने अपेक्षा बढेको हो ।

मेस्सीले सधैं आर्थिक पाटो भन्दा पनि क्लबको योजना आफ्नो लागि महत्वपूर्ण हुने बताउँदै आएका छन् । उनले क्लबका लागि ३५ वटा उपाधि जितिसकेका छन् । बार्सिलोनाको जर्सीमा उनी अझै धेरै उपाधि थप्न चाहन्छन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.