default_image

4 years ago

June 29, 2021

पेड्रीले तोडे रुनीको कीर्तिमान

182 views

0 Bookmark

एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पेड्रीले इंग्ल्यान्डका पूर्व स्टार वायान रुनीको नाममा रहेको युरोपेली च्याम्पियनसिपको कीर्तिमान तोडेका छन् ।

सोमबार राउन्ड अफ १६ अन्तर्गत क्रोएसियाविरुद्ध खेलमा पेड्री सुरुवाती ११ मा रहेर खेलेका थिए । उनी यससँगै युरोको नकआउट चरणमा पहिलो रोजाइबाट खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । पेड्रीले १८ वर्ष २ सय १५ दिनको उमेरमा खेलेका हुन् ।

यसअघि रुनीले सन् २००४ को युरोमा पोर्चुगलविरुद्ध खेल्दै कीर्तिमान कायम गरेका थिए । त्यसबेला उनको उमेर १८ वर्ष २ सय ४४ दिन रहेको थियो । उक्त खेलमा इंग्ल्यान्ड पेनाल्टीमा टाइब्रेकरमा पराजित हुँदा रुनी भने चोटका कारण चाडै मैदान छाड्न बाध्य भएका थिए ।

पेड्रीले गत सिजन बार्सिलोनाबाट सानदार प्रदर्शन गर्दै स्पेनी टोलीमा स्थान बनाएका हुन् । मार्च २५ मा ग्रिसविरुद्ध खेल्दै डेब्यु गरेका उनी लगातार खेल्दै आएका छन् । उनी स्पेनका लागि युरो खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन् ।

पेड्रीकै उच्च प्रदर्शनमा स्पेनले सोमबार क्रोएसियामाथि ५-३ को जित दर्ता गरेको थियो । १८ वर्षको कलिलो उमेरमा पनि उनले पूरा १ सय २० मिनेट मैदानमा बिताएका थिए । स्पेनको आक्रमणमा निकै प्रभावकारी भूमिका निर्वाह गरेका पेड्री प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर मध्यम पर्छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.