4 years ago
June 29, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ मा जर्मनीले इंग्ल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे लन्डनस्थित वेम्बली रंगशालामा हुनेछ ।

समूह चरणमा अपराजित रहेको इंग्ल्यान्ड ग्रुप अफ डेथ पार गरेको जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । तर इतिहास इंग्ल्यान्डको पक्षमा छैन । इंग्ल्यान्डले १९६६ को विश्व्क्काओ फाइनलयता जर्मनीलाई ठूलो प्रतियोगितामा हराउन सकेको छैन । घरेलु मैदान वेम्बलीमा ४० हजार समर्थकको उपस्थिति हुने खबरले पनि इंग्ल्यान्ड थप हौसिएको छ ।
इंग्ल्यान्डले हालसम्म एक पटक मात्र युरोको नकआउट चरणको खेल जितेको छ । सन् १९६६ मा स्पेनलाई पेनाल्टीमा हराउनु नै इंग्ल्यान्डको यस प्रतियोगिताको एकमात्र नकआउट जित हो । उक्त प्रतियोगितामा इंग्ल्यान्ड जर्मनीसँग नै पेनाल्टीमा पराजित भएको थियो । पछिल्लो संस्करणमा इंग्ल्यान्ड राउन्ड अफ १६ मा आइसल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो ।

जर्मनीले इंग्ल्यान्डविरुद्ध वेम्बलीमा खेलेको पछिल्लो ७ खेलमध्य ५ खेल जितेको छ । प्रशिक्षक जोकिम लोका लागि हार बेहोरेमा यो नै अन्तिम खेल हुनेछ । यस प्रतियोगितापछि हान्सी फ्लिकले टोलीको प्रशिक्षकको जिम्मेवारी लिनेछन् । समूह चरणमा उतारचढावले भरिएको प्रदर्शन गरेको जर्मनी अब भने एकरुपता चाहन्छ ।
इंग्ल्यान्डले समूह चरणमा अपराजित रहने क्रममा कुनै गोल खाएन । प्रतियोगितामा हालसम्म गोल नखाने एकमात्र टोली इंग्ल्यान्ड हो । पहिलो खेलमा क्रोएसियालाई र अन्तिममा चेक रिपब्लिकलाई हराएको इंग्लिस टोली स्कटल्यान्डविरुद्ध भने गोलरहित बराबरीमा रोकिएको थियो ।

यता जर्मनी समूह चरणको अन्तिम खेलमा प्रतियोगिताबाट नै बाहिरिने संघारमा थियो । लिओन गोरेट्जकाले खेल सकेन ६ मिनेटअघि गरेको बराबरी गोलमा जर्मन टोलीले अन्तिम १६ को यात्रा तय गरेको थियो । समूह चरणको सबै खेल म्युनिखमा खेलेको बायर्न पहिलो पटक घरबाहिर खेल्दैछ ।
यस खेलमा जित हासिल गर्ने टोलीले क्वाटरफाइनलमा युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ । त्यस्तै फाइनल यात्राका लागि सेमिफाइनलमा पनि चेक रिपब्लिक र डेनमार्कको विजेतासँग खेल्नुपर्ने छ । त्यसैले पनि यस खेलमा जित हासिल गर्ने टोलीका लागि फाइनल यात्रा केहि सहज हुने देखिन्छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]