default_image

4 years ago

June 29, 2021

जर्मनी र इंग्ल्यान्ड पहिलो हाफमा बराबर

216 views

0 Bookmark

एजेन्सी – युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को इंग्ल्यान्ड र जर्मनीबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न नसक्दा प्रतिस्पर्धात्मक खेल बराबरीमा नै सिमित रहयो ।

१६ औं मिनेटमा कप्तान म्यानुएल नोएरले सुन्दर बचाउ गर्दै खेल गोलरहित नै राखे । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई नोएरले आफ्नो बायाँतर्फ डाइभ दिँदै विफल पारेका थिए ।

२७ औं मिनेटमा ह्यारी मगाएरको हेडरले पोस्टको दिशा लिन नसक्दा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । ट्रीपिएरको क्रसमा मगाएरले फितलो हेडर गरेपछि जर्मनी खेल बराबरी राख्न सफल भएको थियो । त्यसअघि १७ औं मिनेटमा पनि उनको हेडर सिधै गोलरक्षक नोएरको हातमा पुगेको थियो ।

खेलको ३२ औं मिनेटमा गोलरक्षक जोर्डन पिकफर्डले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखे । काइ हाभर्ट्जको पासमा टिमो वेर्नरले वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई पिकफर्डले विफल पारेका थिए ।

इन्ज्युरी समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले अग्रता लिने अवसर सदुपयोग गर्न सकेनन् । स्टर्लिङले अघि बढाएको आक्रमणमा डिफेन्डरको ट्याकल पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका केनकै पथमा आएपनि उनले पहिलो टच नै खराब गरेपछि जर्मन डिफेन्सले बल क्लियर गर्ने अवसर पाएको थियो ।

इंग्ल्यान्डले पछिल्लो खेलमा उच्च प्रदर्शन गरेका ज्याक ग्रिलिसलाई बेन्चमा राख्दै काइरन ट्रीपिएरलाई पहिलो रोजाइमा खेलाएको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो रणनीति परिवर्तन गर्ने क्रममा विंगर ग्रिलिसको स्थानमा विंगब्याक ट्रीपीएरलाई टोलीमा समेटेका हुन् । यससँगै इंग्ल्यान्डले ३ खेलाडीलाई सेन्टर ब्याकको भूमिकामा प्रयोग गर्ने देखिन्छ ।

यता जर्मनीले भने चोटका कारण फिट नरहेका मिडफिल्डर इल्काए गुन्डोगनको स्थानमा लिओन गोरेट्जकालाई उतारेको छ । कमजोर प्रदर्शन गरेका फरवार्ड सर्ज गनाब्रीको स्थानमा वेरनर सुरुवाती रोजाइमा रहेका छन् । जर्मनीले आफ्नो नियमित ३-४-२-१ रणनीतिमा नै खेल्दैछ ।

इंग्ल्यान्ड सुरुवाती ११ : (३-४-३)

जोर्डन पिकफर्ड (गोलरक्षक) : काइल वाल्कर, ह्यारी मगाएर, जोन स्टोन्स : काइरान ट्रीपिएर, काल्भिन फिलिप्स, डेक्लन राइस, लुक शा : बुकायो साका, ह्यारी केन, रहिम स्टर्लिङ

जर्मनी सुरुवाती ११ : (३-४-२-१)

म्यानुएल नोएर (गोलरक्षक) : माथिअस जिन्टर, म्याट्स हमल्स, एन्टोनियो रुडीगर : रोबिन गोसेन्स, टोनी क्रुस, लिओन गोरेट्जका, जोशुवा किम्मिख : थोमस मुलर, काइ हाभर्ट्ज : टिमो वेर्नर

यस खेलमा जित हासिल गर्ने टोलीले क्वाटरफाइनलमा युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ । त्यस्तै फाइनल यात्राका लागि सेमिफाइनलमा पनि चेक रिपब्लिक र डेनमार्कको विजेतासँग खेल्नुपर्ने छ । त्यसैले पनि यस खेलमा जित हासिल गर्ने टोलीका लागि फाइनल यात्रा केहि सहज हुने देखिन्छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.