4 years ago
June 30, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफ बाट तीन टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर मंगलबार इंग्ल्यान्डले जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ को एक खेल बाँकी रहँदै सबै तीन टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

निकै प्रतिस्पर्धात्मक रहेको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका थिए । समूहमा सबै खेल निकै प्रतिस्पर्धात्मक रहँदा अन्तिम खेलसम्म पनि फ्रान्ससँगै सबै तीन टोलीको अघि बढ्ने सम्भावना जीवित थियो । अन्तिम दिनको खेल अवधिभर सबै चार टोलीले शीर्ष दुई स्थान पनि लिएका थिए । तर अन्त्यमा हंगेरी जर्मनीसँग २-२ को बराबरीमा रोकिंदै समूह चरणबाट नै बिदा हुन पुग्यो ।
समूह एफ मा फ्रान्सले ३ खेलमा ५ अंक जोड्दै समूहको शीर्षस्थानमा रहेको थियो । जर्मनी र पोर्चुगलले समान ४-४ अंक जोडेपनि हेड टु हेडमा जर्मनी अघि रहँदै दोस्रो भयो । ३ खेलमा २ अंक जोडेको हंगेरी पुछारमा रहेको थियो ।
राउन्ड अफ १६ मा पोर्चुगल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । साविक विजेता समेत रहेको पोर्चुगलले १-० को हार बेहोरेको थियो । बेल्जियमका थोर्गन हाजार्डले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई घर फर्काएका थिए । उक्त खेलमा पोर्चुगलले लगातार आक्रमण गरेपनि फिनिसमा निकै कमजोर देखिएको थियो ।

सोमबार भएको खेलमा फ्रान्सले ३-१ को अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग टाइब्रेकरमा हार बेहोरेको थियो । पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । उक्त गोलमा गल्ति गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परीवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो । स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो ।
बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । तर सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन । ग्रभानोभिचले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौ प्रहार गर्न आएका किलीयन एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए ।
मंगलबारको खेलमा इंग्ल्यान्डले २-० ले हराएपछि जर्मनीको पनि यात्रा टुंगिएको थियो । पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो । दोस्रो हाफको सुरुवातमा जर्मनीले केहि दबाब राखेपनि खेल अघि बढ्दै जाँदा इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।

त्यसपछि इंग्ल्यान्डले ९ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पकडमा ल्यायो । त्यसबीचमा जर्मनीका थोमस मुलरले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्दा इंग्ल्यान्ड अघि बढेको हो । प्रतियोगितामा उपाधि दाबेदार मानिएका तीन टोली एकै समुहमा पर्दा धेरैले कुनै एक टोली समूहमा सिमित हुने आँकलन गरेका थिए । तर अन्त्यमा तीनै टोलीले नकआउट चरणमा स्थान बनाएपनि क्वाटरफाइनलमा भने स्थान बनाउन सकेनन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]