4 years ago
June 30, 2021
एजेन्सी – नेदरल्यान्ड्सका प्रशिक्षक फ्रान्क डे बोएरले युरोपेली च्याम्पियनसिप २०२० मा अपेक्षित नतिजा निकाल्न नसकेपछि जिम्मेवारी त्यागेका छन् । नेदरल्यान्ड्स फुटबल महासंघले विज्ञप्ति जारी गर्दै दुवै पक्षको सहमतिमा डे बोएर जिम्मेवारी मुक्त भएको जनाएको छ ।

नेदरल्यान्ड्सले राउन्ड अफ १६ मा चेक रिपब्लिकसँग २-० को हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो । ५१ वर्षीय प्रशिक्षकले गत सेप्टेम्बरमा मात्र जिम्मेवारी सम्हालेपनि सम्झौता अनुसार नतिजा दिन नसक्दा जिम्मेवारी छोड्ने न्रिने लिएका हुन् । समूह चरणका तीनै खेल जित्दै नकआउट चरणमा पुगेको नेदरल्यान्ड्सले चेकविरुद्ध भने दोस्रो हाफमा १० खेलाडीमा सिमित भएपछि खेल गुमाएको थियो ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षको सहमति अनुसार प्रशिक्षक आफ्नो जिम्मेवारीबाट अलग हुँदैछन् । उनले आफैं प्रशिक्षक पदमा कायम नरहने जानकारी दिएका हुन् । सम्झौतामा उल्लेख गरेअनुसार नेदरल्यान्ड्सले युरोपेली च्याम्पियनसिपमा क्वाटरफाइनलसम्म पुग्नुपर्ने थियो । त्यसैले पनि उनको सम्झौता नवीकरण नहुने भएको हो ।’

डे बोएर आफैंले पनि लक्ष्य प्राप्त नहुँदा जिम्मेवारीबाट अलग्गिएको बताए । ‘आफ्नो प्रदर्शनलाई मध्यनजर गर्दै मैले प्रशिक्षक पदमा निरन्तरता नदिने निर्णय लिएको छु । मलाई दिइएको लक्ष्य पनि प्राप्त हुन सकेन । जब मलाई यो पदको लागि प्रस्ताव आयो, मैले गौरव र चुनौतीको रुपमा लिएको थिएँ ।’
‘मैले जिम्मेवारी लिँदा यससँगै आउने दबाबको बारेमा पनि सोचेको थिएँ । अहिले त्यो दबाब बढ्दै गएको छ । यो मेरो लागि राम्रो स्थिति होइन । टोलीका लागि पनि यो अवस्था सुखद छैन । त्यसैले विश्वकप छनोटको महत्त्वपूर्ण खेल आउँदै गरेको अवस्थामा मैले टाढा हुने निर्णय लिएँ ।’
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]