default_image

4 years ago

June 30, 2021

युरोको क्वाटरफाइनल समीकरण पूरा

331 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ ।

राउन्ड अफ १६ बाट डेनमार्कले वेल्समाथि ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । समूह ए को विजेता इटालीले अतिरिक्त समयमा लम्बिएको खेलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल रहयो ।

समूह चरणमा शत प्रतिशत नतिजा निकालेको नेदरल्यान्ड्स भने चेक रिपब्लिकसँग स्तब्ध हुन पुग्यो । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको डच टोलीलाई चेकले २-० ले हराएको थियो । त्यस्तै युरोकै सर्वकालीन महान खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल बेल्जियमसँग पराजित भयो । बेल्जियमले १-० को जित दर्ता गर्दै अन्तिम ८ मा पुगेको हो ।

स्पेनले विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै ९ वर्षपछि क्वाटरफाइनल यात्रा गरेको थियो । क्रोएसियाले ३-३ को बराबरी गरेपनि अतिरिक्त समयमा २ गोल खाँदै बाहिरिएको थियो । विश्वकप विजेता फ्रान्सको यात्रामा पनि स्विट्जरल्यान्डले पूर्णविराम लगाइदिएको थियो । एक समय ३-१ को अग्रता लिएको फ्रान्सले अन्तिम समयमा सम्हालिन नसक्दा टाइब्रेकरमा हार बेहोर्यो । फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पेले पेनाल्टी चुकाएका थिए ।

मंगलबार भएको खेलमा इंग्ल्यान्डले पहिलो पटक युरोको नकआउट चरणमा जर्मनीलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । इंग्ल्यान्डको २-० को जितमा कप्तान ह्यारी केन र रहिम स्टर्लिङले गोल गरेका थिए । राउन्ड अफ १६ को अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो । अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि युक्रेन २-१ को जित हासिल गर्दै अन्तिम ८ मा पुगेको हो ।

क्वाटरफाइनल

शुक्रबार २ जुलाई

४५. स्विट्जरल्यान्ड विरुद्ध स्पेन (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)

४६. बेल्जियम विरुद्ध इटाली (राति १२:४५ बजे/म्युनिख)

शनिबार ३ जुलाई

४७. चेक रिपब्लिक विरुद्ध डेनमार्क (राति ९:४५ बजे/बाकु)

४८. युक्रेन विरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे/रोम)

४ र ५ जुलाईमा विश्राम

सेमिफाइनल

मंगलबार ६ जुलाई

४९. स्विट्जरल्यान्ड/स्पेन विरुद्ध बेल्जियम/इटाली (राति १२:४५ बजे लन्डन)

५०. चेक/डेनमार्क विरुद्ध युक्रेन/इंग्ल्यान्ड (राति १२:४५ बजे लन्डन)

८, ९ र १० जुलाईमा विश्राम

फाइनल

आइतबार ११ जुलाई

खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे/लन्डन)

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.