default_image

4 years ago

June 30, 2021

स्वीडेन र युक्रेन पहिलो हाफमा बराबर

154 views

0 Bookmark

एजेन्सी – एमिल फोर्सबर्गले अन्तिम समयमा गोल गरेपछि स्वीडेन र युक्रेनबीच जारि युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

स्वीडेनले खेलको सुरुवाती मिनेटदेखि नै आक्रमण बुन्दै दबाब कायम गरेपनि अग्रता लिन भने चुकेको थियो । एकपछि अर्को आक्रमणमा युक्रेनका डिफेन्स र गोलरक्षकले संयमित प्रदर्शन गरेपछि खेल बराबरीमा नै रहेको थियो । तर कप्तान यार्मालेन्कोको चलाखीपूर्ण मुभ युक्रेनले खेलको विपरित मोडमा अग्रता लियो । त्यसपछि पनि लगातार आक्रमण बुनेको स्वीडेनले पहिलो हाफको अन्त्यतिर फोर्सबर्गको गोलमा बराबरी गरेको थियो ।

१८ औं मिनेटमा डेजान कुलुसेभ्सकीको क्रसमा अनमार्क रहेका एमिल फोर्सबर्गले राम्रोसँग हेडर प्रहार गर्न नसक्दा युक्रेनको खतरा टरेको थियो । लगत्तै एलेक्जेन्डर इसाकले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक बिट भएको अवस्थामा पोस्टभन्दा थोरैले बाहिरियो ।

खेलको २७ औं मिनेटमा युक्रेनले ओलेक्जान्दर जिन्चेन्कोको गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रको दायाँ भागबाट कप्तान आन्द्रे यार्मालेन्कोले आउटसाइड फुटबाट दिएको क्रसलाई बायाँ विंगबाट जिन्चेन्कोले गोल गरेका थिए । उनले पहिलो टचमा नै गरेको शक्तिशाली प्रहार गोलरक्षक रोबिन ओल्सनको हातमा लाग्दै गोल भएको थियो ।

२९ औं मिनेटमा स्वीडेनका कप्तान सबास्टियन लार्सनले चलाखीपूर्ण फ्रिकिक लिँदै सिधै गोलमा गरेको प्रहारलाई गोलरक्षक बुस्कानले मुस्किलले बचाए । ४२ औं मिनेटमा फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

यस खेलको विजेताले क्वाटरफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डले यसअघि भएको खेलमा जर्मनीलाई २-० ले पराजित गरेको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.