default_image

3 years ago

July 1, 2021

रोनाल्डो, नोएर र एमबाप्पेमाथि हंगेरीका प्रशिक्षकको मजाक

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत राउन्ड अफ १६ चरणबाट नै ग्रुप अफ डेथ मानिएको समूह एफ का सबै टोली बाहिरीएपछि हंगेरीका प्रशिक्षक मार्को रोसीले सामाजिक संजालमार्फत मजाक उडाएका छन् । समूह एफ बाट तीन टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर मंगलबार इंग्ल्यान्डले जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ को एक खेल बाँकी रहँदै सबै […]

64 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत राउन्ड अफ १६ चरणबाट नै ग्रुप अफ डेथ मानिएको समूह एफ का सबै टोली बाहिरीएपछि हंगेरीका प्रशिक्षक मार्को रोसीले सामाजिक संजालमार्फत मजाक उडाएका छन् ।

समूह एफ बाट तीन टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर मंगलबार इंग्ल्यान्डले जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ को एक खेल बाँकी रहँदै सबै तीन टोली प्रतियोगिताबाट बाहिरिए ।

निकै प्रतिस्पर्धात्मक रहेको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका थिए । समूहमा सबै खेल निकै प्रतिस्पर्धात्मक रहँदा अन्तिम खेलसम्म पनि फ्रान्ससँगै सबै तीन टोलीको अघि बढ्ने सम्भावना जीवित थियो । अन्तिम दिनको खेल अवधिभर सबै चार टोलीले शीर्ष दुई स्थान पनि लिएका थिए । तर अन्त्यमा हंगेरी जर्मनीसँग २-२ को बराबरीमा रोकिंदै समूह चरणबाट नै बिदा हुन पुग्यो ।

समूह एफ मा फ्रान्सले ३ खेलमा ५ अंक जोड्दै समूहको शीर्षस्थानमा रहेको थियो । जर्मनी र पोर्चुगलले समान ४-४ अंक जोडेपनि हेड टु हेडमा जर्मनी अघि रहँदै दोस्रो भयो । ३ खेलमा २ अंक जोडेको हंगेरी पुछारमा रहेको थियो ।

राउन्ड अफ १६ मा पोर्चुगल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । साविक विजेता समेत रहेको पोर्चुगलले १-० को हार बेहोरेको थियो । बेल्जियमका थोर्गन हाजार्डले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई घर फर्काएका थिए । उक्त खेलमा पोर्चुगलले लगातार आक्रमण गरेपनि फिनिसमा निकै कमजोर देखिएको थियो ।

सोमबार भएको खेलमा फ्रान्सले ३-१ को अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग टाइब्रेकरमा हार बेहोरेको थियो । पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । उक्त गोलमा गल्ति गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परीवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो । स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो ।

बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । तर सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन । ग्रभानोभिचले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौ प्रहार गर्न आएका किलीयन एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए ।

मंगलबारको खेलमा इंग्ल्यान्डले २-० ले हराएपछि जर्मनीको पनि यात्रा टुंगिएको थियो । पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो । दोस्रो हाफको सुरुवातमा जर्मनीले केहि दबाब राखेपनि खेल अघि बढ्दै जाँदा इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।

त्यसपछि इंग्ल्यान्डले ९ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पकडमा ल्यायो । त्यसबीचमा जर्मनीका थोमस मुलरले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्दा इंग्ल्यान्ड अघि बढेको हो । प्रतियोगितामा उपाधि दाबेदार मानिएका तीन टोली एकै समुहमा पर्दा धेरैले कुनै एक टोली समूहमा सिमित हुने आँकलन गरेका थिए । तर अन्त्यमा तीनै टोलीले नकआउट चरणमा स्थान बनाएपनि क्वाटरफाइनलमा भने स्थान बनाउन सकेनन् ।

हंगेरीका प्रशिक्षक मार्को रोसीले इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै ‘सी यु अन द बीच‘ लेखेका छन् । उक्त तस्बिरमा रोसी आफैं पनि देखिएका छन् । बीचको पृष्ठभूमि रहेको उक्त तस्बिरमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, जर्मन कप्तान म्यानुएल नोएर र फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पे सुटकेस लिएर निस्किन लागेको देखिएको छ । उनले आफू समूह चरणमा बाहिरिएको र अन्य टोली पनि लामो समय टिक्न नसकेपछि छुट्टि मनाउन बिचमा भेटौं भन्ने संकेत गरेका छन् ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.