4 years ago
July 2, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत शुक्रबार क्वाटरफाइनल चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन रातको ९:४५ बजे भिड्दा दोस्रो खेलमा उपाधिका दुई दावेदार बेल्जियम र इटालीबीच १२:४५ बजे प्रतिस्पर्धा हुनेछ ।

राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विट्जरल्यान्ड १९३८ पछि कुनैपनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हासिल गर्न सफल भएक थियो । स्विस फुटबल इतिहासकै सर्वोत्कृष्ट नतिजापछि टोली अब नयाँ इतिहास कोर्न आतुर छ । पहिलो खेलमा इटालीसँग ३-० ले हारेयता टोलीले सुधारिएको प्रदर्शन गरेको छ ।
यता स्पेन क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै राउन्ड अफ १६ पार गर्न सफल भएको थियो । एक समय ३-१ को अग्रता लिएर पनि अतिरिक्त समयमा खेल धकेल्दा भने स्पेनको डिफेन्समा कमजोरी देखिएको थियो । सुरुवाती दुई खेलमा बराबरी खेलेको स्पेनले पछिल्लो दुई खेलमा ५-५ गोल गरेको छ । युरोमा लगातार २ खेलमा ५ गोल गर्ने टोलीको कीर्तिमान बनाएको स्पेन सोहि लयलाई कायम राख्न चाहन्छ ।
अर्को खेलमा बेल्जियम साविक विजेता पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । तर उक्त खेलमा टोलीका दुई मुख्य खेलाडीले चोट बोक्न पुगे । लगातार तीन जितको नतिजा निकालेको बेल्जियमसँग बेन्चमा स्तरीय खेलाडीको कमी छैन । प्रतियोगिताको सुरुवातमा यी दुवै उपलब्ध नहुँदा पनि बेल्जियम सहज जित दर्ता गर्न सफल रहेको थियो ।
इटाली पनि उच्च लयमा रहेको छ । पछिल्लो ३१ खेलमा अपाजित रहेको इटालीले अष्ट्रियालाई पराजित गर्न भने अतिरिक्त समयमा संघर्ष गर्नुपरेको थियो । रोबर्टो मान्सिनीको टोलीमा सबै पक्षको सन्तुलन मिलेको देखिन्छ । पहिलो रोजाइमा पर्न निकै प्रतिस्पर्धा रहेकाले भने उनलाई केहि टाउको दुखाइ पक्कै छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]