4 years ago
July 2, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा इटाली र बेल्जियम भिड्दैछन् । खेल नेपाली समयअनुसार मध्यरातको १२:४५ बजे सुरु हुनेछ ।

बेल्जियम साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । तर उक्त खेलमा टोलीका दुई मुख्य खेलाडीले चोट बोक्न पुगे । लगातार तीन जितको नतिजा निकालेको बेल्जियमसँग बेन्चमा स्तरीय खेलाडीको कमी छैन । प्रतियोगिताको सुरुवातमा यी दुवै उपलब्ध नहुँदा पनि बेल्जियम सहज जित दर्ता गर्न सफल रहेको थियो ।
इटाली पनि उच्च लयमा रहेको छ । पछिल्लो ३१ खेलमा अपाजित रहेको इटालीले अष्ट्रियालाई पराजित गर्न भने अतिरिक्त समयमा संघर्ष गर्नुपरेको थियो । रोबर्टो मान्सिनीको टोलीमा सबै पक्षको सन्तुलन मिलेको देखिन्छ । पहिलो रोजाइमा पर्न निकै प्रतिस्पर्धा रहेकाले भने उनलाई केहि टाउको दुखाइ पक्कै छ ।

बेल्जियमका लागि पहिलो खेलमा चोट बोकेका डिफेन्डर टिमोथी कास्टग्ने टोलीमा फर्किएका छन् । थोमस मुनिएरले उच्च प्रदर्शन गरिरहेका कारण उनी खेल्ने कम सम्भावना छ । पोर्चुगलविरुद्ध खेलमा चोट बोकेका मिडफिल्डर केभिन डे ब्रुएन र कप्तान इडेन हाजार्ड खेल्नेमा शंका छ । हाजार्डले प्रतियोगिता नै गुमाउने डर छ भने डे ब्रुएनको अवस्था खेलअघि अध्ययन गरिनेछ ।
इटालीका लागि कप्तान जिओर्जियो किएलिनी दुई खेल गुमाएपछि छनोटका लागि उपलब्ध छन् । समूह चरणको दोस्रो खेलमा मांशपेसीमा समस्या देखिएपछि उनी विश्राममा रहेका थिए । डिफेन्डर एलेसान्द्रो फ्लोरेन्जी पनि चोटका कारण विश्राममा रहेपछि टोलीमा फर्केका छन् ।

इटाली र बेल्जियमले यसअघि ठूलो प्रतियोगितामा चार पटक खेलेका छन् । जसमा इटालीले तीन खेल जित्दा अर्को खेल बराबरीमा सकिएको छ । इटालीले युरो २०१६ को समूह चरणमा २-० को जित हासिल गरेको थियो ।
युरो २०१६ मा बेल्जियम वेल्ससँग ३-१ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । पछिल्लो १३ खेलमा बेल्जियमले ११ जित र दुई बराबरीको नतिजा निकालेको छ । यसक्रममा टोलीले ३२ गोल गर्दै ८ गोल खाएको छ । पछिल्लो २७ खेलमा बेल्जियमले जम्मा १ खेलमा हार बेहोरेको छ ।
इटालीले लगातार चौथो पटक युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो । पछिल्लो तीन संस्करणमा इटालीको क्वाटरफाइनल खेल टाइब्रेकरमा पुगेको छ । सन् २००८ मा स्पेनसँग पराजित इटालीले सन् २०१२ मा इंग्ल्यान्डलाई हराएको थियो । सन् २०१६ मा भने जर्मनीले इटालीलाई पराजित गरेको थियो ।
इटाली पछिल्लो ३१ खेलमा अपराजित छ । यसक्रममा पछिल्लो १२ खेलमा जित हासिल गरेको इटालीले ३४ गोल गर्दै जम्मा १ गोल खाएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]