4 years ago
July 3, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दा टाइब्रेकरमा दुई पेनाल्टी विफल पारेका स्पेनका गोलरक्षक उनाइ सिमोन ‘स्टार अफ द म्याच घोषित भएका छन् ।

निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो । स्विट्जरल्यान्डका गोलरक्षक सोमरले खेल अवधिभर एकपछि अर्को बचाउ गर्दै टाइब्रेकरमा पनि १ प्रहार बचाएका थिए ।
टाइब्रेकरमा स्पेनका लागि कप्तान सर्जियो बुस्केट्सले पहिलो प्रहार नै पोस्टमा प्रहार गरेका थिए । गोलरक्षक सोमरले विपरित दिशामा डाइभ दिएपनि बुस्केट्सको प्रहार गोल हुन सकेन । स्विट्जरल्यान्डका मारियो गभ्रानोभिचले पहिलो पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । स्पेनका ड्यानी ओल्मोले दोस्रो प्रहारमा गोल गरेपछी फाबियन सेरको प्रहारलाई गोलरक्षक उनाइ सिमोनले बचाए । सेरले दायाँतर्फ गरेको प्रहारलाई सिमोनले सहजै बचाए ।
स्पेनका लागि तेस्रो प्रहार गर्न आएका रोड्रीको पेनाल्टी विफल पार्दै सोमरले स्विट्जरल्यान्डलाई पुन: अघि बढ्ने अवसर दिए । तर म्यानुएल अकान्जीको प्रहारलाई सिमोनले अघिल्लो बचाऊझैं दायाँतर्फ नै डाइभ दिँदै खेल बराबरीमा राखे । जेरार्ड मोरेनोले स्पेनका लागि चौथो प्रहार टप कर्नरमा गोल गरेपछि स्पेन अघि बढ्यो । चौथो प्रहारमा स्विस टोलीका रुबेन भार्गासको प्रहार बाहिरीपछि स्पेनले खेल जित्ने अवसर पाएको थियो ।

मिकेल ओयाराज्बलले पाँचौ पेनाल्टीमा गोल गर्दै स्पेनलाई अन्तिम चारमा प्रवेश गराए । उनको प्रहारमा गोलरक्षक सोमर विपरित दिशामा डाइभ दिएपछि स्पेन खेल जित्न सफल रहयो । अब स्पेनले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ । यो दोस्रो क्वाटरफाइनल खेल आज मध्यरात १२:४५ बजे सुरु हुनेछ ।
खेलबारे विस्तृत पढ्नुहोस : टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]