default_image

4 years ago

July 3, 2021

इटालीका स्पिनाजोलालाई गम्भीर चोट

168 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत बेल्जियमविरुद्ध क्वाटरफाइनलमा घाइते भएपछि मैदान छाडेका इटालीका डिफेन्डर लियोनार्दो स्पिनाजोलालाई लागेको चोट गम्भीर रहेको छ । इटालीले २-१ ले खेल जित्दै सेमिफाइनलमा प्रवेश गर्दा स्पिनाजोला भने लामो समय मैदानबाहिर रहने भएका छन् ।

खेलको १५ मिनेट समय बाँकी हुँदा बललाई पछ्याउने क्रममा चोट लागेपछि उनले तुरुन्त आफूलाई परिवर्तन गर्न भनेका थिए । निकै दुखाइ महसुस भएपछि मेडिकल टिम मैदानमा नै आएको थियो । उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लागिएको थियो । मेडिकल टिम आउने बितिकै आफ्नो चोटबारे भेउ पाएका उनी निकै रोएका थिए । उनको स्थानमा एमर्सनले बाँकी समय खेलेका थिए ।

प्रारम्भिक परिक्षणका अनुसार उनको एकिलिसको टेन्डनमा चोट लागेको छ । यो चोट फुटबलमा निकै गम्भीर मानिन्छ । पुर्ण रुपमा ठिक हुन स्पिनाजोलालाई ४ देखि ६ महिना लाग्ने आंकलन गरिएको छ । उनले युरो २०२० मात्र नभएर अर्को सिजनको सुरुवाती केहि महिना विश्राम गर्नुपर्ने भएको छ । २८ वर्षीय डिफेन्डर एएस रोमाबाट खेल्दै आएका छन् ।

स्पिनाजोलाले युरोमा गरेको उच्च प्रदर्शनले युरोपका ठूला क्लबले पनि उनलाई पछ्याएको इटालीका संचारमाध्यमले जनाएका थिए । रियल म्याड्रिड, बार्सिलोना र चेल्सीले उनलाई चासोका साथ हेरेको बताइएको थियो । तर उनी चोटका कारण लामो समय बाहिर रहने भएपछि ट्रान्सफर बजार उनको लागि बन्द भएको छ ।

स्पिनाजोलाले इटालीका लागि ५ मध्य ४ खेलमा सुरुवात गरेका थिए । बायाँ विंगब्याकको रुपमा खेल्ने उनले आक्रमण र डिफेन्स दुवैमा आफ्नो प्रभाव जमाएका छन् । सन् २०१९ मा युभेन्टसबाट रोमा पुगेयता उनले ७१ खेल खेलिसकेका छन् । अर्को सिजन भने उनले नवनियुक्त प्रशिक्षक जोसे मोउरिन्होसँग खेल्न केहि प्रतीक्षा गर्नुपर्ने भएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.