4 years ago
July 3, 2021
एजेन्सी – युरो २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा शनिबार चेक रिपब्लिक र डेनमार्क भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे अजरबैजानस्थित बाकु ओलम्पिक रंगशालामा हुनेछ ।

डेनमार्कले प्रतियोगिताको सुरुवाती दुई खेलमा हार बेहोरेपनि पछिल्लो दुई खेलमा भने उच्च प्रदर्शन गरेको छ । राउन्ड अफ १६ मा वेल्समाथि ४-० को जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान बनाएको डेनमार्कले आक्रमण र डिफेन्स दुवैमा लगातार सुधार गरेको छ । वेल्सविरुद्ध खेलमा कास्पर डोलबर्गले दुई गोल गर्दै पहिलो सुरुवातमा नै प्रभाव जमाएका थिए ।
त्यस्तै चेक रिपब्लिकले पनि अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । दोस्रो हाफमा डच डिफेन्डर म्याथिस डे लिग्टले रातो कार्ड पाएपछि चेकले दबाब बनाउँदै खेल जितेको थियो । चेकका प्रशिक्षक जारोस्लाभ सिल्हाभीले डेनमार्कको टिम स्पिरिट बलियो रहेकाले खेल सहज नहुने बताएका छन् ।
‘डेनमार्कको टिम स्पिरिट नै उनीहरुको बलियो पक्ष हो,’ विपक्षी टोलीको उत्कृष्ट खेलाडी को हो भन्ने प्रश्नमा सिल्हाभीले भने, ‘टिम स्पिरिट नै बलियो शक्ति हो । डेनिस टोलीमा सुपरस्टार छैनन्, तर उनीहरु एकतृत भएर बलियो प्रदर्शन गर्छन् । हाम्रो शैली पनि उनीहरुसँग मिल्दो जुल्दो छ ।’
डेनमार्कका लागि युसुफ पाउल्सेन चोटबाट ठिक हुँदै फर्किएका छन् । तर डोलबर्गले वेल्सविरुद्ध गरेको प्रदर्शन हेर्दा उनी नै सुरुवाती रोजाइमा खेल्ने देखिन्छ । मिडफिल्डर थोमस डिलेनी र कप्तान सिमोन केयरले बुधबार प्रशिक्षणमा भाग लिएका थिएनन् । तर दुवै यस खेलका लागि फिट रहने अनुमान छ ।
चेकका लागि पनि केहि सुखद खबर छ । चोटका कारण पछिल्लो खेल गुमाएका कप्तान भ्लादिमिर दारिदा टोलीमा फर्किएका छन् । डिफेन्डर जान बोरिल पनि एक खेलको प्रतिबन्धबाट टोलीमा आएका छन् ।
युरोमा चेक र डेनमार्कबीच यो तेस्रो भेट हो । यसअघि चेकले सन् २००० को समूह चरणमा २-० तथा २००४ को क्वाटरफाइनलमा ३-० को जित दर्ता गरेको थियो । अन्तर्राष्ट्रिय खेलमा भने यी दुईबीच पछिल्लो ६ मध्य ५ खेल बराबरीमा सकिएका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]