default_image

4 years ago

July 3, 2021

डेनमार्क युरो कपको सेमिफाइनलमा

177 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफकै २ गोलको मदतले डेनमार्क २-१ को जित दर्ता गर्न सफल रहयो ।

खेलको सुरुवाती मिनेटदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको डेनमार्कले पाँचौ मिनेटमा अग्रता लिएको थियो । कर्नरमा गोल गर्दै अग्रता लिएको डेनमार्कले त्यसपछि केहि अवसर सिर्जना गरेको थियो । चेकले खेलमा फर्कने प्रयास गरेपनि गोलरक्षक बाधक बनेका थिए । पहिलो हाफको अन्तिम समयमा डेनमार्कले उत्कृष्ट टिम गोल गर्दै अग्रता दोब्बर पार्यो ।

दोस्रो हाफको सुरुवातमा नै चेकले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । त्यसपछि लगातार आक्रमण गरेको चेकले डेनमार्कको रक्षापंक्ति चिर्न भने सकेन । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि चेकले फाइनल थर्डमा अपेक्षित तालमेल मिलाउन नसक्दा बराबरी गोल गर्न सकेन । अब डेनमार्कले चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेन आज मध्यरात १२:४५ बजे खेल्दैछन् ।

खेलको पाँचौ मिनेटमा नै डेनमार्कले थोमस डिलेनीको गोलमा अग्रता लियो । स्ट्राइगर लार्सनको कर्नसमा डिलेनीको हेडर भुइमा लाग्दै गोल भएको थियो । गोलरक्षक टोमस भाच्लिकले डाइभ दिएपनि बलसम्म पुग्न सकेनन् । त्यसको दुई मिनेट अघि डिलेनीले नै आफ्नो पेनाल्टी क्षेत्रमा भल्दिमिर सौफालको प्रहार रोक्दै खतरा टारेका थिए ।

१३ औं मिनेटमा पिएर एमिल होएबिएरले दिएको थ्रु पासमा मार्टिन डाम्सगार्ड केहि ढिला बलसम्म पुग्दा भाच्लिकले नियन्त्रणमा लिए । २२ औं मिनेटमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले उत्कृष्ट बचाउ गर्दै अग्रता कायम राखे । मासोपुस्तको थ्रु पासमा होलेसको प्रहारलाई स्माइकलले अघि बढ्दै विफल परेका थिए ।

२७ औं मिनेटमा मार्टिन ब्रेथवेटले बाहिर प्रहार गर्दा डेनमार्कले अग्रता बढाउन सकेन । ३८ औं मिनेटमा डाम्सगार्डको शक्तिशाली प्रहारमा भाच्लिक बाधक बने । ४२ औं मिनेटमा भने डेनमार्क अग्रता दोब्बर पार्न सफल रहयो । जोकिम माहलेले बायाँ विंगबाट आफ्नो दायाँ खुट्टाको बाहिरि भागबाट दिएको क्रसलाई कास्पर डोलबर्गले पहिलो टचमा नै गोलको दिशा दिँदै २-० को अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा नै चेकका लागि प्याट्रिक सिकले गोल गर्दै खेलमा फर्काए । सौफालको क्रसमा पहिलो टचमा नै सिकको प्रहार गोल भएको थियो । प्रतियोगितामा पाँचौ गोल गर्दै सिकले सर्वाधिक गोलकर्ता सुचिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग बराबरी पनि गरे ।

६२ औं मिनेटमा वैकल्पिक फरवार्ड युसुफ पाउल्सेनको प्रहारलाई चेकका कप्तान टोमस सुचेकले रोकेका थिए । पेनाल्टी क्षेत्रभित्र बल रोकेपछि पाउल्सेनको खुट्टाले सुचेकको टाउकोमा चोट लागेको थियो । ६९ औं मिनेटमा भाच्लिकले पाउल्सेनको प्रहार विफल पार्दै खेल २-१ को स्थितिमा कायम राखे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा क्रेमेन्चिकको प्रयास पोस्टभन्दा निकै टाढाबाट गएपछि चेकको खेल बराबरी गर्ने सम्भावना सकिएको थियो । अन्तिम समयमा बाराकले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बाहिरिएको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.