4 years ago
July 4, 2021
एजेन्सी – कप्तान ह्यारी केनले खेलको सुरुवाती समयमै गोल गरेपछि इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप अन्तर्गत युक्रेनविरुद्ध अन्तिम क्वाटरफाइनलको पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

केनले खेलको सुरुवातमा नै गोल गरेपछि युक्रेन दबाबमा परेको थियो । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेपनि प्रतियोगितामा हालसम्म गोल नखाएको इंग्ल्यान्डको डिफेन्सले संयमित प्रदर्शन गरेको छ । आक्रमणमा इंग्ल्यान्डले थप अवसर सिर्जना गरेपनि युक्रेनी गोलरक्षक बाधक बनेका छन् ।
खेलको चौथो मिनेटमा नै इंग्ल्यान्डले केनको गोलमा अग्रता लिएको थियो । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको थ्रु पासलाई केनले पहिलो टचमा नियन्त्रण गर्दै प्रहार गरेका थिए । उनको प्रहार गोलरक्षक बुस्कानलाई लाग्दै गोलमा परिणत भएको थियो ।
२७ औं मिनेटमा स्टर्लिङको प्रहारलाई युक्रेनी डिफेन्डर क्रिस्तोभले रोकेपछि इंग्ल्यान्डको डरलाग्दो आक्रमण रोकिएको थियो । त्यसको दुई मिनेटपछि लुक शाको फ्रिकिकमा केनको हेडर पोस्टभन्दा माथिबाट गयो । ३३ औं मिनेटमा डेक्लन राइसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बुस्कानले मुस्किलले विफल पारे ।
३७ औं मिनेटमा युक्रेनले काउन्टर अट्याकमा बढाएको आक्रमणमा जिन्चेन्कोले गरेको अन्तिम प्रहारलाई मेसन माउन्टले रोकेका थिए । ४० औं मिनेटमा शाको पासमा जेडन सान्चोको प्रहारमा पनि बुस्कान नै बाधक बने ।
यस खेलको विजेताले सेमिफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले आज नै भएको खेलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गरेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]