default_image

4 years ago

July 4, 2021

रोमान्चक बन्दै युरोको गोल्डेन बुट दौड

170 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत क्वाटरफाइनल चरणको खेल समाप्त भएपछि अब प्रतियोगितामा मात्र ३ खेल बाँकी छन् । दुई सेमिफाइनल र फाइनल खेल बाँकी रहेको अवस्थामा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटको होड पनि रोमान्चक बन्दै गएको छ ।

प्रतियोगितामा हालसम्म ४८ खेलमा १ सय ३५ गोल भएको छ । प्रति खेल औसत २.८१ गोल हुँदा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले समान ५-५ गोल गरेका छन् । दुवै खेलाडीले प्रतियोगितामा अन्तिम खेल खेलिसकेका छन् ।

समान गोल गरेको अवस्थामा असिस्ट संख्याले सर्वाधिक गोलकर्ताको छिनोफानो हुनेछ । यसमा रोनाल्डोले एक असिस्ट दिँदा सिकको नाममा कुनै असिस्ट छैन । त्यसैले रोनाल्डो नै अहिले दौडमा अघि छन् । त्यस्तै ४ गोल गरेका बेल्जियमका रोमेलु लुकाकु, फ्रान्सका करीम बेन्जेमा र स्वीडेनका एमिल फोर्सबर्गको टोली पनि प्रतियोगिताबाट बिदा भइसकेको छ ।

यस्तो अवस्थामा तीन गोल गरेका इंग्ल्यान्डका ह्यारी केन र रहिम स्टर्लिङसँगै डेनमार्कका कास्पर डोलबर्ग गोल्डेन बुटका दौडमा छन् । सेमिफाइनलमा यी दुई टोलीले एक अर्काको सामना गर्ने हुँदा अबको दुई खेलमा यी खेलाडीलाई आफ्नो गोलसंख्या बढाउने अवसर रहनेछ । उपाधि दावेदार मानिएको इंग्ल्यान्डका दुई स्टारले यसमा दाबेदारी प्रस्तुत गर्नेछन् । ३ गोल गर्नेमा नेदरल्यान्ड्सका जिओर्जिनिओ वाइनाल्डम, पोल्याण्डका रोबर्ट लेवान्डोस्की, स्विट्जरल्यान्डका हरिस सेफेरोभिच र जेर्दान शकिरी छन् ।

प्रतियोगितामा अर्को सेमिफाइनल खेल्ने इटाली ४ र स्पेनका ३ खेलाडीले २-२ गोल गरेका छन् । इटालीबाट चिरो इम्मोबिले, लोरेन्जो इन्सिगने, म्यानुएल लोकाटेली र म्याटियो पेसिना तथा स्पेनका अल्भारो मोराटा, पाब्लो सराबिया र फेरान टोरेसले २-२ गोल गरेका छन् । डेनमार्कका जोकिम माहेल र युसुफ पाउल्सेनको नाममा पनि २-२ गोल रहेको छ ।

यसपटक आत्मघाती गोलको संख्याले पनि युरोमा कीर्तिमान बनायो । क्वाटरफाइनल चरणसम्म आइपुग्दा १० आत्मघाती गोल भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा टर्कीका मरिह डेमिरालले इटालीविरुद्ध गरेको आत्मघाती गोल क्वाटरफाइनलमा स्विट्जरल्यान्डका डेनिस जाकारियाले स्पेनविरुद्ध सम्म दशौं गोल भएको थियो ।

यो पनि: कोपा अमेरिका : मेस्सी गोल र असिस्टको अग्रस्थानमा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.