4 years ago
July 6, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को पहिलो सेमिफाइनलमा उपाधिका दुई दावेदार टोली इटाली र स्पेनबीच मंगलबार राती प्रतिस्पर्धा हुँदैछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्यान्डले डेनमार्कको सामना गर्नेछ ।

इटाली र स्पेनबीचको सेमिफाइनल खेललाई २०१२ को फाइनलको रिप्लेको रुपमा हेरिएको छ । उक्त फाइनलमा स्पेनले ४–० को सानदार जित रचेको थियो । उक्त खेलमा डेभिड सिल्भा, जोर्डी अल्वा, फर्नान्डो टोरेस र हुआन माटाले गोल गरेका थिए । उक्त खेलबाट अहिले स्पेनको टोलीमा सर्जियो बुस्केट्स र जोर्डी अल्बामात्रै रहेका छन् ।
पछिल्लो ३२ खेलसम्म अपराजित रहेको इटाली अर्काे बलियो टोली स्पेनको चुनौती पन्छाउदै सन् २०१२ को फाइनलमा भोगेको हारको बदला लिदै ९ वर्षपछि युरोकपको फाइनलमा पुग्ने दाउमा हुनेछ । इटाली सन् २०१२ मा फाइनलमा स्पेनसँग पराजित हुदै उपाधिबाट विमुख बनेको थियो ।
उत्कृष्ट लयमा रहेको इटालीसँग लोरेन्जो इन्सिग्ने, सिरो इमोविले, फेडरिको चिइसा, निकोलो बरेल्ला, मार्काे भेराट्टी, जर्गिन्हो, इमर्सन, जर्जियो चिलियानी, लियोनार्दाे बोनुची, जियोभानी डि लोरेन्जो र गोलरक्षक जियानलुइजी डोन्नररुम्मा रहेका छन् । यसबाहेक टोलीसँग जियाकोमो रास्पाडोरी, डोमिनिको बेरारडी, माटियो पेस्सिना, फेडरिको बर्नरडेस्ची, एलेसान्द्रो फ्लोरेन्जी र एलेसान्द्रो बास्टोनी टोलीमा रहेका छन् ।

इटालीका दुई डिफेन्डर जर्जियो चिलियानी र लियोनार्दाे बोनुचीको काम युभेन्टसका आफ्नै सहकर्मी अल्भारो मोराटालाई रोक्ने हुनेछ । यि तीन खेलाडी एक अर्कामा जानकार रहँदा सबैलाई खेलमा सहज असहज दुवै हुन सक्नेछ । यि दुईले बेल्जियमका सेन्टर फरवार्ड रोमेलु लुकाकुलाई कुनै पनि समय खुलेर खेल्न दिएका थिएनन् । टोलीले लिओनार्डो स्पिनाजोलाको कमी भने महसुस गर्नेछ ।
यता, युरोकपको सुरुवाती दुई खेलमा गोल गर्न नसकेको आलोचना खेपेको र त्यसपछि लगतार दुई खेलमा ५-५ गोल गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको स्पेन उत्कृष्ट लयमा रहेको इटालीलाई हराउँदै सन् २०१२ पछि फाइनल पुग्ने दाउमा हुनेछ । स्पेनले २०१२ मा इटालीलाई हराउँदै तेस्रोपटक युरो च्याम्पियन बनेको थियो ।
स्पेन २०१२ कै फाइनल खेल दोहोर्याउने लक्ष्यमा रहँदा इटाली उक्त हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । त्यसपछि यि दुई टोलीको ६ भेटमा स्पेन ४ खेलमा विजयी हुदा एक खेल इटालीले आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोलीले सन् २०१७ मा विश्वकप छनोटमा प्रतिस्पर्धा गर्द स्पेनले ३–० को जित निकालेको थियो ।

स्पेनसँग जारी युरोमा दुई गरिसकेका अल्भारो मोराटा, फेरान टोरेस, पाब्लो सारावियासँगै ड्यानियल ओल्मो, पेड्री, सर्जियो बुस्क्वेट्स, कोकी, जोर्डी अल्वा, पाउ टोरेस, एमेरिक लापोर्टा, सेसर एज्पिलिक्वेटा र क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा नायक बनेका गोलरक्षक उनाई सिमोन रहेका छन् । यस्तै टोलीसँग मिकेल ओयरजावाल, जेरार्ड मोरेनो, एडमा ट्राओरे, रोड्री, मार्काेस लोरेन्टे, थियागो अलकान्तरा, एरिक गार्सिया र डिएगो लोरेन्टे जस्ता खेलाडीको साथ रहेको छ ।
समग्र हेड टु हेडमा स्पेन केही अघि देखिएको छ । यि दुई टोलीले हालसम्म ३३ खेलमा प्रतिस्पर्धा गर्दा स्पेन १२ खेलमा विजयी भएको छ । इटालीले ९ खेल आफ्नो पक्षमा पार्दा १२ खेल बराबरीमा सकिएको छ । सन् २०१६ को प्रि–क्वाटरफाइनलमा २–० ले पराजित भएयता स्पेनले पछिल्लो दुई खेलमा इटालीसँग हार बेहोरेको छैन । जसमा एक जित र बराबरीको नतिजा छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]