default_image

4 years ago

July 6, 2021

खेलअघि यसो भन्छन् इटाली र स्पेनका प्रशिक्षक

128 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा स्थान बनाउनका लागि मंगलबार हुने पहिलो सेमिफाइनलमा स्पेन र इटाली भिड्दैछन् । खेलअघि दुवै टोलीका प्रशिक्षकले आ-आफ्नो भनाइ यसरि राखेका छन् ।

इटालीका प्रशिक्षक रोबर्टो मान्सिनी :

स्पेन बेल्जियमभन्दा फरक भएपनि खेल कठिन हुनेछ । अघिल्लो खेलको तुलनामा यो फरक किसिमको हुनेछ । हामीले थप चुनौतीको सामना गर्नुपर्छ । स्पेनले राम्रो फुबक खेल्दै आइरहेको छ । अहिले केहि युवा खेलाडी छन् र केहि परिवर्तन पनि भएको छ । स्पेनसँग राम्रो प्रशिक्षक छन् र धेरै राम्रा खेलाडी पनि ।

स्पेनका प्रशिक्षक लुइस एन्रिके :

मलाई लाग्दैन हामीमध्य कुनै टोलीले एकपक्षीय प्रदर्शन गर्नेछ, त्यसैले खेललाई लिएर उत्सुकता छ । उच्च कोटिका खेलाडी मात्र नभएर इटाली सामुहिक रुपमा पनि राम्रो छ । आक्रमण र डिफेन्समा नै एकतृत भएर खेल्छ । हाम्रो पनि उस्तै शैली छ । उनीहरु लगातार विपक्षीलाई दबाब दिन्छन्, जुन विगतको इटाली टोलीमा कमै देखिन्थ्यो । दुवै टोलीले आ-आफ्नो अवसर पाउनेछन् ।

स्पेनले पछिल्लो खेलमा मिडफिल्डर पाब्लो सराबियालाई मांशपेसीको चोटका कारण पूरा समय प्रयोग गर्न सकेको थिएन । आजको खेलमा उनले पहिलो रोजाइमा खेल्नेबारे शंका रहेको छ । त्यसअघि दुवै खेलमा निर्णायक प्रदर्शन गरेका सराबियाले खेल्न नसकेको अवस्थामा ड्यानी ओल्मोले पहिलो रोजाइमा खेल्ने सम्भावना रहेको छ ।

आक्रमणमा प्रशिक्षक लुइस एन्रिकेले अल्भारो मोराटालाई नै निरन्तरता दिने देखिन्छ । क्लब स्तरमा इटालीका मुख्य डिफेन्डर जिओर्जियो किएलिनी र लिओनार्दो बोनुचीसँग खेल्दै आएकाले पनि एन्रिके यसको फाइदा उठाउन चाहन्छन् । डिफेन्स र मिडफिल्डमा कुनै परिवर्तन हुने देखिन्न । फेरान टोरेसले पनि सुरुवात गर्ने सम्भावना कम छ ।

यता इटालीका लागि लेफ्ट ब्याक लिओनार्डो स्पिनाजोलाको चोटले ठूलो धक्का पुगेको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीमध्यमा रहेका उनले बेल्जियमविरुद्ध खेलमा गम्भीर चोट बोकेका थिए । इटाली पुगेर शल्यक्रिया गरिसकेका उनले ६ महिना विश्राम लिनुपर्ने भएको छ । उनको स्थानमा एमर्सनले खेल्ने पक्काजस्तो देखिन्छ ।

मिडफिल्डमा इटालीले मार्को भेराट्टी, निको बरेल्ला र जोर्जिन्होलाई नै निरन्तरता दिने देखिन्छ । म्यानुएल लोकाटेलीले प्रतियोगितामा बलियो सुरुवात गरेपनि चोटबाट मुक्त भएपछि भेराट्टीले सानदार प्रदर्शन गरेका छन् । फेडेरिको किएजाले पनि डोमेनिको बेरार्डीभन्दा अघि रहेर खेल्ने देखिन्छ ।

सम्भावित ११ :

स्पेन : (४-३-३)

उनाइ सिमोन : सेजार एज्पिलीक्वेटा, एरिक गार्सिया, एमेरिक लापोर्ट, जोर्डी अल्बा : कोके, सर्जियो बुस्केट्स, पेड्री : जेरार्ड मोरेनो, अल्भारो मोराटा, ड्यानी ओल्मो

इटाली : (४-३-३)

जियानलुइजी डोनारुम्मा : डी लोरेन्जो, लिओनार्दो बोनुची, जिओर्जियो किएलिनी, एमर्सन : निको बरेल्ला, जोर्जिन्हो, मार्को भेराट्टी : फेडेरिको किएजा, चिरो इम्मोबिले, लोरेन्जो इन्सिग्ने

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.