4 years ago
July 6, 2021
एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत आइतबार हुने फाइनल खेलका लागि डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन र उनलाई हृदयघात हुँदा मैदानमा उपस्थित रहेका स्वास्थ्य टोलीलाई विशेष निमन्त्रणा गरेको छ ।

यूईएफएले एरिक्सन, उनकी पत्नी र स्वास्थ्य टोलीका ६ सदस्यलाई निमन्त्रणा गरेको जनाएको छ । यद्यपि एरिक्सनले उपस्थिति जनाउने वा नजनाउने बारे भने यकिन जानकारी आएको छैन । युरोकप २०२० अन्तर्गत समूह चरण अन्तर्गत पहिलो खेलमा फिनल्यान्डविरुद्धको पहिलो हाफको अन्त्यतिर एरिक्सन अचेत भई अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।
बल उनको स्थानसम्म नआउँदै एक्कासी ढल्न पुगेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । मैदान छाड्दा नै उनको होस आएपछि थप उपचारका लागि उनलाई अस्पताल लागिएको थियो । डेनमार्कका स्वास्थ्य टोलीका सदस्यका अनुसार एरिक्सनको मुटु चल्न छोडिसकेको अवस्थाबाट एइडीको प्रयोगपछि पुन: सुचारु भएको थियो ।

झन्डै डेढ घन्टापछि खेल सुरु हुँदा युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको थियो । घटनापछि आयोजक युईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित पनि गरेको थियो । तर, दुवै टिमको छलफलपछि खेल झन्डै डेढ घन्टापछि सुरु भएको थियो । अस्पताल लगेको केहिबेरमा नै उनले आफ्ना सहकर्मीसँग भिडियो कल गर्दै आफू ठिक रहेको बताएका थिए । डेनिस फुटबल महासंघले पनि उनको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी दिँदै आएको थियो ।
एरिक्सनलाई घटनाको झन्डै एक सातापछि सफल शल्यक्रिया गर्दै अस्पतालबाट डिस्चार्ज गरिएको थियो । एरिक्सनको शरीरमा आइसीडी (इम्प्लान्टेबल कार्डियोभर्टर डेफीब्रिलेटर) जडान गरिएको छ । उनले डिस्चार्ज भएपछि राष्ट्रिय टोलीको क्याम्पमा पुगेर आफ्ना सहकर्मी भेटेका थिए । उनी पछिल्लो समय घरपरिवार सँग समय बिताइरहेका छन् । एरिक्सनको केहि दिन अघि मात्र परिवारसँग रहेको तस्बिर सामाजिक संजालमा बाहिरिएको थियो ।
एरिक्सनले घटनापश्चात महासंघमार्फत नै आफ्नो धन्यवाद संदेश दिएका थिए । ‘मेरो लागि प्रार्थना गर्नुहुने सबैलाई धन्यवाद । मेरो शल्यक्रिया सफल भयो र यस स्थितिमा म राम्रो छु । फेरी टोलीसँग भेट्न पाउँदा म खुसी छु । म सोमबार पनि रसियाविरुद्ध खेलमा टोलीको हौसला बढाइरहेको हुनेछु,’ उनले भने ।

आइसीडीको प्रयोगले मुटुको धड्कनमा समस्या आउँदा सहयोग पुर्याउँछ । यसले मुटुको धड्कन रोकिएको खण्डमा एइडी जस्तै विद्युतीय झट्का दिन्छ जसले मुटुको चाल पुन: सुरु हुन्छ । अस्पतालको सल्लाह अनुसार नै एरिक्सनले यो प्रयोग गर्न सहमति जनाएका थिए ।
एरिक्सनअघि नेदरल्यान्ड्सका डिफेन्डर डेली ब्लिन्डले पनि यो प्रयोग गर्दै आएका छन् । ब्लिन्डले युरोको दुवै खेल सुरुवाती रोजाइमा खेलेका छन् । स्पेनिस गोलरक्षक इकार कासिलासले पनि यो उपकरण जडान गरेका छन् । तर उनले खेल जीवनबाट भने संन्यास लिइसकेका छन् । एरिक्सनले भने आफ्नो खेल करिअरबारे अहिले नै निर्णय नलिने बुझिएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]