default_image

3 years ago

July 6, 2021

फाइनल पुग्न अर्जेन्टिनालाई कोलोम्बियाको चुनौती

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत दोस्रो सेमिफाइनलमा मंगलबार अर्जेन्टिनाले कोलोम्बियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार बुधबार विहान ६:४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरमाथि ३-० को जित हासिल गर्दा कप्तान लिओनेल मेस्सी खेलका नायक बनेका थिए । रोड्रीगो डे पल र लाउटारो मार्टिनेजको गोलमा असिस्ट दिएका मेस्सीले आफैं पनि फ्रिकिकमा गोल गरेका […]

55 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत दोस्रो सेमिफाइनलमा मंगलबार अर्जेन्टिनाले कोलोम्बियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार बुधबार विहान ६:४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरमाथि ३-० को जित हासिल गर्दा कप्तान लिओनेल मेस्सी खेलका नायक बनेका थिए । रोड्रीगो डे पल र लाउटारो मार्टिनेजको गोलमा असिस्ट दिएका मेस्सीले आफैं पनि फ्रिकिकमा गोल गरेका थिए । यता कोलोम्बिया भने उरुग्वेलाई टाइब्रेकरमा पन्छाउँदै अन्तिम चारको यात्रा तय गर्न सफल रहेको थियो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि कप्तान डेविड ओस्पिनाले २ पेनाल्टी बचाउँदा टोली ४-२ ले विजयी रहेको थियो ।

हालसम्म अर्जेन्टिना र कोलोम्बियाले ४० पटक अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका छन् । अर्जेन्टिनाले २३ खेल जित्दा ८ बराबरी र ९ हारको नतिजा निकालेको छ । यसै वर्षको सुरुवातमा भएको खेल भने २-२ को बराबरीमा सकिएको थियो । अर्जेन्टिनाले २-० को अग्रता लिएपनि दोस्रो हाफमा जोगाउन सकेको थिएन ।

अर्जेन्टिनाले यस खेलमा डिफेन्डर क्रिस्टियन रोमेरोको साथ पाउनेछैन । यस्तै अघिल्लो खेलमा बेन्चमा रहेका विंगर एन्जल डी मारिया भने टोलीमा फर्कने सम्भावना छ । आक्रमणमा पर्याप्त विकल्प रहेका प्रशिक्षक लिओनेल स्कालोनीले सर्जियो अगुएरोलाई पछिल्ला खेलमा खासै स्थान दिएका छैनन् ।

यता कोलोम्बियाका लागि भने हामेस रोड्रीग्वेजको अनुपस्थितिमा पनि टोलीले राम्रो नतिजा निकालेको छ । मिडफिल्डर याइरो मोरेनो र माटिअस उरिबेको अनुपस्थितिले भने टोलीलाई केहि कठिन हुन सक्नेछ । आक्रमणमा लुइस मुरिएल र डुभान जपाटाको गतिले भने कोलोम्बियालाई केहि सघाउ हुनेछ ।

यस खेलको विजेताले फाइनलमा उपाधिका लागि ब्राजिलसँग खेल्नेछ । साविक विजेता समेत रहेको आयोजक ब्राजिलले सोमबार भएको सेमिफाइनलमा पेरुलाई १-० ले हराएको थियो ।

यो पनि : अर्जेन्टिनासँग फाइनल खेल्ने नेयमारको इच्छा

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.