default_image

3 years ago

July 6, 2021

हाकिमी पीएसजीमा अनुबन्धित

73 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालियन क्लब इन्टर मिलानका डिफेन्डर अचरफ हाकिमीलाई अनुबन्ध गर्न सफल भएको छ ।

स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व डिफेन्डर तथा मोरोक्कोका फुलब्याक हाकिमी ६० मिलियन पाउन्डमा ५ वर्षको लागि पीएसजीमा अनुबन्धित भएका हुन् । उनले त्यहाँ बोनस पनि प्राप्त गर्नेछ । अब उनी २०२५–२६ को सिजनसम्म पीएसजीमा रहनेछ ।

हाकिमीले इन्टरमा एक सिजन बिताउँदा ७ गोल र ९ असिस्ट दिएका थिए । इन्टर १० वर्षपछि च्याम्पियन बन्दा उनी टोलीका महत्वपुर्ण सदस्य रहेका छन् ।

२२ वर्षीय हाकिमीले एक सिजन इन्टरमा बिताएर पीएसजी रोजेका हुन् । पीएसजीमा अनुबन्ध भएसँगै हाकिमीले पीएसजीमा अनुबन्ध हुन पाउनु गर्वको कुरा रहेको बताएका छन् । स्पेन, जर्मनी र इटालीपछि उनको गन्तव्य अब फ्रान्स हुने भएको छ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.