default_image

4 years ago

July 7, 2021

‘केन रोनाल्डो जतिकै खतरनाक’

193 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलको पूर्वसन्ध्यामा डेनमार्कका पूर्व प्रशिक्षक आगे हरेइदेले इंग्लिस टोलीका कप्तान ह्यारी केनको प्रशंसा गरेका छन् ।

हरेइदेका अनुसार केन क्रिस्टियानो रोनाल्डो जतिकै खतरनाक रहेको र सेमिफाइनलमा केन नै निर्णायक बन्नसक्ने बताए । ‘केन क्रिस्टियानो रोनाल्डो जतिकै छन्,’ उनले भने, ‘ उनले अवसर पाए भने गोल गर्न सक्छन् । त्यसैले उनी खतरनाक छन् ।’

हरेइदेकै नेतृत्वमा डेनमार्कले युरो २०२० मा स्थान पक्का गरेको थियो । तर कोरोनाका कारण प्रतियोगिता एक वर्ष स्थगित भएपछि कास्पर हुल्मन्दले टोलीको नेतृत्व सम्हालेका थिए ।

केनले प्रतियोगिताको समूह चरणको तीनै खेलमा गोल गर्न नसक्दा उनको प्रदर्शनलाई लिएर प्रश्न उठेको थियो । तर त्यसयता जर्मनीविरुद्ध एक र युक्रेनविरुद्ध दुई गोल गर्दै उनले आफ्नो स्तर सिद्ध गरेका छन् ।

हरेइदेका अनुसार केनलाई कुनै पनि समय खेलबाट बाहिर राख्न सकिन्न । ‘केन आक्रमणमा यताउति गरिरहेको देखिन्छ । लाग्छ उनी खेलमा छैनन् । तर जब स्टर्लिङ, सान्चो वा ग्रिलिसले एक्कासी पास दिन्छन्, केन गोल गर्नका लागि त्यहाँ उपलब्ध हुन्छन्,’ उनले भने ।

हरेइदेले डेनमार्कको बलियो पक्ष टिम स्पिरिट रहेको र खेल इंग्ल्यान्डका लागि सहज नहुने पनि बताए । उनले डेनमार्कको डिफेन्सको प्रशंसा गर्दै इंग्ल्यान्डविरुद्ध पनि राम्रो प्रदर्शनको आशा राखेको बताए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.