4 years ago
July 7, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा स्थान बनाएसँगै इटालीले इतिहासमा दशौं पटक ठूलो प्रतियोगिताको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्ने भएको छ ।

मंगलबार भएको सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै इटालीले फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । त्यसपछि गोल हुन नसक्दा टाइब्रेकरमा पुगेको खेलमा स्पेनका ड्यानी ओल्मो र अल्भारो मोराटाले गोल गर्न नसक्दा इटाली ४-२ ले विजयी भएको हो ।
इटालीले हालसम्म विश्वकपमा ६ पटक र युरोमा ४ पटक फाइनलमा स्थान बनाएको छ । विश्वकपमा ४ पटक उपाधि जितेको इटाली युरोमा भने एक उपाधिमा नै सिमित छ । इटालीले युरोको पछिल्लो दुवै फाइनलमा हार बेहोरेको छ । इटाली पछिल्लोपटक सन् २०१२ मा स्पेनसँग फाइनलमा पराजित भएको थियो ।
इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप उपाधि जितेको थियो । सन् १९७० र १९९४ मा भने इटाली फाइनलमा पराजित हुन पुगेको थियो । दुवै अवसरमा इटाली फाइनलमा ब्राजिलसँग हार्न पुगेको थियो ।
युरोमा भने इटालीले सन् १९६८ मा उपाधि जितेको थियो । सन् २००० मा इटाली फ्रान्ससँग पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो । यसपटक इटालीले इंग्ल्यान्ड र डेनमार्कमध्य एक टोलीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
इटालीले दशौं पटक फाइनल खेल्दा सर्वाधिक फाइनल खेल्ने कीर्तिमान भने जर्मनीको नाममा छ । जर्मनीले हालसम्म युरो र विश्वकप जोडेर १४ पटक फाइनल खेलेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]