default_image

3 years ago

July 7, 2021

५५ वर्षपछि फाइनल पुग्ने अवसर

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा बुधबार डेनमार्कको सामना गर्दा इंग्ल्यान्डसामु ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाउने अवसर हुनेछ । इंग्ल्यान्डले पछिल्लो पटक सन् १९६६ को विश्वकप उपाधि जितेको थियो । त्यसयता टोलीले कुनैपनि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाउन सकेको छैन । सन् २०१८ को फिफा विश्वकपमा क्रोएसियासँग सेमिफाइनलमा पराजित भएपछि टोलीले […]

46 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा बुधबार डेनमार्कको सामना गर्दा इंग्ल्यान्डसामु ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाउने अवसर हुनेछ ।

इंग्ल्यान्डले पछिल्लो पटक सन् १९६६ को विश्वकप उपाधि जितेको थियो । त्यसयता टोलीले कुनैपनि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाउन सकेको छैन । सन् २०१८ को फिफा विश्वकपमा क्रोएसियासँग सेमिफाइनलमा पराजित भएपछि टोलीले अर्को अवसर पाएको छ । यसपटक घरेलु समर्थकसामु टोलीले उच्च प्रदर्शन गरिरहेको छ ।

प्रशिक्षक साउथगेट पुरानो अनुभवले पनि टोलीलाई यसपटक केहि सहज हुने अपेक्षा गर्छन् । ‘हामी खेलका लागि तयार छौं । खेलाडी पनि तयार छन् । यो स्थितिमा यसअघि पनि खेलेकाले हामीलाई अहिले अनुभव पनि छ,’ उनले भने, ‘हामी संयमित भएर आफ्नो तयारीमा लागेका छौं । हाम्रो विपक्षी टोली राम्रो छ भन्ने हेक्का छ । खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छौं ।’

टोलीका कप्तान केन पनि डेनमार्कसँग सचेत छन् । ‘डेनमार्क राम्रो टिम हो । गत वर्ष नेसन्स लिगमा हामीले दुई खेलमध्य एउटा पनि जित्न सकेनौं,’ केनले थपे, ‘हामी आफ्नो प्रदर्शनमा ध्यान दिन्छौं । हामी आफ्नो रंगशालामा सेमिफाइनल खेल्दैछौं । सकारात्मक भएर खेललाई लिइरहेका छौं । हामीले आफ्नो योजना अनुसार खेल्न सकेको खण्डमा फाइनलमा खेल्ने अवसर छ ।’

इंग्ल्यान्डले डेनमार्कलाई पछिल्लो ६ भेटमा एकपटक मात्र हराएको छ । सन् २००२ को राउन्ड अफ १६ मा इंग्ल्यान्ड ३-० ले विजयी रहेको थियो । त्यसअघि सन् १९९२ को युरोमा डेनमार्कले उपाधि जित्दा समूह चरणमा यी दुईले गोलरहित बराबरी खेलेका थिए । अघिल्लो वर्ष नेसन्स लिगमा इंग्ल्यान्डले डेनमार्कसँग दुई खेलमा एक हार र एक बराबरीको नतिजा निकालेको थियो ।

इंग्ल्यान्डले सन् १९६६ विश्वकपपछि लगातार चार पटक सेमिफाइनलमा हार बेहोरेको छ । सन् १९९० र २०१८ को विश्वकपमा अन्तिम चारमा रोकिएको इंग्ल्यान्ड युरो १९६८ र १९९६ मा पनि फाइनल पुग्न सकेको थिएन । सन् २०१९ को यूईएफए नेसन्स लिगमा पनि इंग्ल्यान्ड नेदरल्यान्ड्ससँग सेमिफाइनलमा पराजित भएको थियो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.