default_image

4 years ago

July 8, 2021

सेमिफाइनलमा इंग्ल्यान्डको एक परिवर्तन

169 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत डेनमार्कविरुद्ध हुने दोस्रो सेमिफाइनलका लागि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले सुरुवाती रोजाइमा एक परिवर्तन गरेका छन् ।

युक्रेनविरुद्ध ४-० को जित हासिल गरेको टोलीबाट साउथगेटले जेडन सान्चोको स्थानमा बुकायो साकालाई पहिलो रोजाइमा खेलाएका हुन् । साकाले पछिल्लो खेलमा चोटका कारण विश्राम लिनुपरेको थियो । उनले आक्रमणमा ह्यारी केन र रहिम स्टर्लिङलाई साथ दिनेछन् । मेसन माउन्ट, काल्भिन फिलिप्स र डेक्लन राइस पनि इंग्ल्यान्डको मिडफिल्डमा छन् ।

इंग्ल्यान्डले प्रतियोगितामा हालसम्म कुनै गोल खाएको छैन । गोलरक्षक जोर्डन पिकफर्ड गोल्डेन ग्लोभ्स जितिसकेको अवस्थामा आफ्नो क्लिनसिटको सिलसिलालाई निरन्तरता दिन चाहन्छन् । डिफेन्समा उनलाई लुक शा, जोन स्टोन्स, ह्यारी मगाएर र काइल वाल्करले साथ दिनेछन् ।

डेनमार्कले भने लगातार दोस्रो खेलमा कुनै परिवर्तन गरेको छैन । आक्रमणमा मार्टिन ब्रेथवेट, कास्पर डोलबर्ग र डाम्सगार्ड नै निरन्तर छन् । मिडफिल्डमा थोमस डिलेनी र पिर एमिल होएबिएर छन् । सेन्टर डिफेन्समा आन्द्रिएस् क्रिस्टेन्सन, कप्तान सिमोन केयर र यानिक भेस्टेगार्ड छन् । विंगब्याकमा स्ट्राइगर लासन र जोएकिम माहेल छन् । गोलरक्षकको जिम्मेवारी कास्पर स्माइक्लले सम्हाल्नेछन् ।

वेम्बली स्टेडियममा हुने खेलमा इंग्ल्यान्ड अन्डरडग डेनमार्कलाई हराउँदै पहिलोपटक युरोपेली च्याम्पियनसिपको फाइनलमा पुग्ने दाउमा हुनेछ । इंग्ल्यान्डले १६ मध्ये १० संंस्करणमा छनोट हुदा दुईपटक तेस्रो स्थान हासिल गरेको छ । सन् १९६८ र १९९६ मा तेस्रो स्थान हात पार्नु नै टोलीको लागि सबैभन्दा राम्रो नतिजा हो ।

यसपटक लयमा रहेको इंग्ल्यान्ड त्यो भन्दा माथि उठ्न चाहन्छ । डेनमार्कलाई हराउन सके इंग्ल्यान्ड पहिलोपटक युरोको फाइनलमा पुग्नेछ । पछिल्लो ११ खेलमा अपराजित इंग्ल्यान्ड सोही अपराजित यात्रालाई डेनमार्कविरुद्धको खेलमा पनि निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

सन् २०२० नोभेम्वरमा नेसन्स लिगमा बेल्जियमसँग २–० ले पराजित भएयता इंग्ल्यान्डले १० जित र १ बराबरीको नतिजा निकालेको छ । त्यसअघि १५ अक्टोवर २०२० मा इंग्ल्यान्डले डेनमार्कसँग नेसन्स लिगमै १–० को हार बेहोरेका कारण टोली डेनमार्कविरुद्ध सचेत भएर खेल्नेछ ।

इंग्ल्यान्डको फाइनल यात्रामा ह्यारी केन र रहिम स्टर्लिङ नायक बन्न सक्नेछन् । यसबाहेक टोलीसँग जाडोन सान्चो, मासन माउन्ट, डिक्लन रिस, केल्भिन फिलिप्स, लुक सा, ह्यारी मगाएर, जोन्स स्टोन्स, काइल वाल्कर र गोलरक्षक जोर्डन पिकफोर्ड रहेका छन् ।

यस्तै फिल फोडेन, बुकायो साका, ज्याक ग्रेयालिस, डोमिनिक काल्भर्ट लेविन, मार्कुस रासफोर्ड, जोर्डन हेन्डरसन, विन ह्वाइट, बेन चिलवेल र रिस जेम्स टोलीमा रहेका छन् । इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४–० को सानदार जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

यता, अन्डरडगको छवि बनाएको डेनमार्क बलियो इंग्ल्यान्डलाई स्तब्ध पार्दै २९ वर्षपछि युरोको फाइनल पुग्ने दाउमा हुनेछ । डेनमार्कले सन् १९९२ मा अप्रत्यासित रुपमा युरोको उपाधि जितेको थियो । त्यसपछि डेनमार्कले चार संस्करणको युरो खेल्दा सन् २००४ मा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

डेनमार्क सन् २०१६ को युरोमा छनोट हुन असफल भएको थियो । समुह चरणको सुरुवाती दुई खेल गुमाएर बाहिरिने संघारमा पुगेको डेनमार्कले त्यसपछि अनपेक्षित नजिता निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ ।

डेनमार्कले समूह चरणको अन्तिम खेलमा रसिया तथा नकआउट चरणमा वेल्स र चेक रिपब्लिकलाई हराएको थियो । बुधबार डेनमार्कले वेम्बलीमा इंग्ल्यान्डको सामना गर्दा अर्काे एक तथ्य पनि बन्न सक्छ । सन् १९९२ मा टोली युरो च्याम्पियन बन्दा पाएको अविश्वनीय नतिजा ।

सन् १९९२ डेनमार्क युरोको लागि अन्तिम चरणका लागि छनोट भएको थिएन, तर युगोस्लाभियालाई युरोबाट हटाइएपछि डेनमार्कले खेल्न अवसर पाएको थियो । त्यतिबेला डेनमार्कले खेलेरमात्र होइन, उपाधि नै जितेर देखाइदियो । सायद यही कथा यही युरोमा पनि दोहोरिन सक्नेछ ।

समूह चरणको पहिलो खेलमा फिनल्यान्डविरुद्धको पहिलो खेल ४१ मिनेटपछि डेनमार्कका एरिक्सन मैदानमै ढले । यो खेल जारी राख्न डेनमार्कलाई सजिलो थिएन, तर खेल्नैपर्ने बाध्यता थियो । खेल्यो तर उसले खेल मात्र गुमाएन, त्यसपछि बेल्जियमसँग पराजित भयो ।

धेरैले अनुमान गरेका थिए डेनमार्कले समूह चरण पार गर्न सक्दैन भनेर तर, समूह चरणको अन्तिम खेलमारुसलाई प्रभावशाली ढंगले हराएर र भाग्यले साथ दिएपछि टिम नकआउट चरण पुगेको थियो । यसअघि युरोमा कुनै पनि टिमले सुरुआती दुई खेल गुमाएर दोस्रो चरण पुगेको कसैलाई थाहा थिएन । अहिले यही टिम सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्दैछ ।

टोलीसँग कास्पर स्माइकल, कप्तान सिमोन कासर, मार्टिन ब्रेथवेट, कास्पर डालवर्ग, युस्सुफ पाउल्सेन, पिएरे इमिल होब्जजर्ग र आन्द्रेस क्रिस्टेन्सेनलगायतको खेलाडीको साथ रहेको छ । यसबाहेक टोलीमा मिक्केल डाम्सगार्ड, जोआकिम, थोमस डिलाने, जेन्स लार्सन र भेस्टेरगार्ड पनि रहेको छ ।

यि दुई टोलीबीचको इतिहास हेर्दा इंग्ल्यान्ड बलियो देखिएको छ । यि दुई टोलीको हालसम्मको २१ खेलको नतिजामा इंग्ल्यान्ड १२ खेलमा विजयी भएको छ । चार खेल डेनमार्कले आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो ६ खेलको नतिजा हेर्दा डेनमार्क बलियो देखिएको छ । डेनमार्कले तीन खेल आफ्नो पक्षमा पार्दा दुई खेल इंग्ल्यान्डले जितेको छ । एक खेल गोलरहित बराबरीमा सकिएको छ । सोही कारण पनि खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.