default_image

4 years ago

July 8, 2021

पहिलो हाफमा डेनमार्क र इंग्ल्यान्ड बराबर

223 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीच जारी दोस्रो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । डेनमार्कले सुरुवाती अग्रता लिएपनि इंग्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको हो ।

खेलको १२ औं मिनेटमा स्टर्लिङकै प्रहार सिधै गोलरक्षक स्माइकलको हातमा पुग्यो । त्यसअघि ह्यारी केनले दायाँ विंगबाट दिएको क्रसमा स्टर्लिङ केहि ढिला पुग्दा इंग्ल्यान्डले अघि बढ्ने अवसर गुमाएको थियो । १६ औं मिनेटमा डेनमार्कका पिएर एमिल होएबिएरको प्रहारलाई गोलरक्षक जोर्डन पिकफर्डले सहजै बचाए ।

२५ औं मिनेटमा इंग्ल्यान्डको डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै मिकेल डाम्सगार्डले गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । त्यसको ५ मिनेटपछि डाम्सगार्डकै गोलमा डेनमार्कले अग्रता लियो । उनले झन्डै २५ यार्ड टाढाबाट प्राप्त फ्रिकिकलाई सुन्दर गोलमा परिणत गर्दै टोलीलाई अघि बढाएका थिए ।

३७ औं मिनेटमा गोलरक्षक स्माइकलले उत्कृष्ट बचाउ गर्दै डेनमार्कको अग्रता जीवित राखे । केनको क्रसमा स्टर्लिङको ६ यार्ड बक्स नजिकको प्रहारलाई उनले विफल पारेका थिए । तर त्यस लगत्तै आक्रमणमा इंग्ल्यान्ड बराबरी गोल फर्काउन सफल भयो । केनले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्रभित्र बुकायो साकालाई खेलाएपछि उनको क्रसमा गोल भएको थियो । साकाको क्रस स्टर्लिङलाई लक्षित रहेपनि कप्तान सिमोन केयरले त्यसअघि नै ट्याकल गर्ने क्रममा बल आफ्नै पोस्टमा छिरेको थियो ।

यस खेलको विजेताले फाइनलमा इटालीको सामना गर्नेछ । इटालीले मंगलबार भएको सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.