default_image

4 years ago

July 8, 2021

युरो गोल्डेन बुट : रोनाल्डोलाई पछ्याउँदै केन

236 views

0 Bookmark

एजेन्सी – युरोपको ११ शहरमा एक महिनादेखि जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिप २०२० को अब फाइनल खेल मात्रै बाँकी छ । फाइनलमा इटाली र इंग्ल्यान्डले ११ जुलाईमा बेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् ।

एक पटकको च्याम्पियन इटालीले सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुुटआउटमा ४–२ ले पराजित गर्दै चौथो पटक फाइनलमा स्थान पक्का गर्दा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै पहिलोपटक युरोको फाइनलमा पुग्न सफल भएको हो । अब यही दुई टोलीमध्ये एक टोली युरोपको च्याम्पियन बन्नेछ ।

उपाधि दौडसँगै युरोपियन गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । युरोको फाइनल खेल मात्रै बाँकी रहँदा केही खेलाडी युरोपियन गोल्डेन बुटको दौडमा उभिएका छन् । सेमिफाइनलमा डेनमार्कविरुद्ध एक गोल गरेपछि इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुटको दौडमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका प्याट्रिक सिकलाई पछ्याइरहेका छन् ।

अहिलेसम्मको अवस्थामा रोनाल्डो नै युरोपियन गोल्डेन बुटको दौडमा अगाडि छन् । उनले युरोको चार खेलमा ५ गोल र एक असिस्ट दिएका छन् । रोनाल्डोले हंगेरी र फ्रान्सविरुद्ध समान दुई तथा जर्मनीविरुद्ध १ गोल गरेका थिए । दोस्रोमा रहेका चेकका प्याट्रिक सिकले ५ खेलमा ५ गोल गरेका छन् ।

एक खेल हातमै रहेको अवस्थामा ह्यारी केनले ६ खेलमा चार गोल गरेका छन् । केनसँगै चार गोल गर्नेमा फ्रान्सका करिम बेन्जेमा, स्वीडेनका इमिल फोर्सवर्ग र बेल्जियमका रोमेलु लुकाकु रहेका छन् । फाइनलमा इटालीविरुद्ध गोल गर्न सके उनले यि तीनै खेलाडीलाई उछिन्न सक्नेछन् । असिस्ट पनि दिन सके उनले गोल्डेन बुट जित्न सक्ने सम्भावना छ । यो गोल्डेन बुटको दौडमा इंग्ल्यान्डका रहिम स्टर्लिङ पनि रहेका छन् । उनले ६ खेलमा ३ गोल र १ असिस्ट दिएका छन् ।

एक भन्दा बढी खेलाडीको गोल बराबरी भएको अवस्थामा युइएफएले असिस्टको आधारमा विजेता निर्धारण गर्ने गर्दछ । गोल र असिस्ट पनि बराबरीको अवस्थामा कम समयको खेलको आधारमा गोल्डेन बुट प्रदान गरिन्छ । यसरी हेर्दा रोनाल्डोले गोल्डेन बुट जित्ने सम्भावना छ । रोनाल्डोलाई पछि पारेर केन र स्टर्लिङलाई गोल्डेन बुट जित्न फाइनलमा इटालीविरुद्ध दुई तथा तीन गोल गर्नुपर्ने हुन्छ ।

ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा रोनाल्डोले ५ गोल र १ असिस्ट दिदा प्रि–क्वाटरफाइनलमा बेल्जिययमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यता, प्रि–क्वाटरफाइनलमा प्याट्रिक सिकले डेनमार्कविरुद्ध एक गोल गर्दै रोनाल्डोसँग बराबरी गोल गरेका थिए ।

यो अर्थमा अब केन र रहिमलाई रोनाल्डोलाई भेट्न अन्तिम मौका छ । इटालीका चिरो इम्मोबिल्ल, माटियो पेस्सिना र म्यानुयल लोकाटेलीले समान २ गोल गरेका छन् । उनीहरु गोल्डेन बुटबाट केहीहदसम्म टाढा छन् । तर खेलमा भन्न सकिने अवस्था छैन ।

सर्वाधिक गोलकर्ताको सुचीमा रोनाल्डो अघि रहँदा सर्वाधिक असिस्ट दिनेमा स्विट्जरल्यान्डका स्टेभन जुवेर अघि रहेका छन् । उनले चार खेलमा ४ असिस्ट दिएका छन् । इंग्ल्यान्डका लुका सा, डेनमार्कका पिएरे इमिल होएबिएर र स्पेनका ड्यानी ओल्मोले समान ३ असिस्ट दिएका छन् । डेनमार्कका पिएरे इमिल होएबिएरले एक खेल बढी खेलेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.